राप्रपामा किचलै किचलो, सरकारमा सहभागिता र संविधान संशोधन बारे अनिर्णित



नेपाल समाचारपत्र, काठमाडौं
तीनदिन सम्म चलेको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठकले पार्टीको सरकारमा सहभागिता र संविधान संशोधन बारे निर्णय लिन कार्यसम्पादन समितिलाई जिम्मेवारी दिएको छ । सत्ता साझेदार प्रमुख दल नेपाली काग्रेस र माओबादी केनद्रले संविधान संशोधनमा भोटिङ गर्ने सर्तमा राप्रपालाई उपप्रधानमन्त्री सहित चारवटा मन्त्रालय दिने बताउदै आएका थिए ।

मधेश केन्द्रित दलहरुको माग संवोधन गर्ने क्रममा सरकारले ल्याएको संविधान संशोधन विधेयकको बारेमा पार्टी भित्र केहि असमझदारी रहेकोले पार्टीलाई आन्तरीक रुपमा एकढिक्का बनाई निर्णय लिन केन्द्रिय समिति बैठकले कार्यसम्पादन समितिलाई जिम्मेवारी दिएको अध्यक्ष कमल थापाले जानकारी दिनु भएको छ । ‘संविधान संशोधन प्रति राप्रपाको सकारात्मक धारणा रहेको छ’ अध्यक्ष थापाले भन्नुभयो– यसबारे पार्टी भित्र केहि भ्रम रहेकोले त्यो भ्रमलाई निराकरण गरि पार्टीलाई एकढिक्का बनाउन केन्द्रिय बैठकले कार्यसम्पादन समितिलाई निर्देशन दिएको हो ।

हाल सरकारमा सहभागिता हुने बारेमा केन्द्रिय समिति बैठकले कुनै पनि निर्णय नगरे भन्दै अध्यक्ष थापाले यस बारेमा पनि कार्यसम्पादन समितिले निर्णय गर्ने बताउनु भएको थियो । प्रधानमन्त्री बाट प्रस्ताव आएपछि सरकारमा सहभागि हुनुपर्ने औचित्य र पार्टीको नीतिलाई हेरेर कार्यसम्पादन समितिले उपयुक्त निर्णय लिने उहाको भनाई थियो । ‘पहिला प्रधानमन्त्री शेर वहादुर देउवा र माओबादी अध्यक्ष प्रचण्ड संग भएको छलफलमा राप्रपालाई उपप्रधानमन्त्री सहित चारवटा मन्त्रालय दिने भनिएको थियो’ अध्यक्ष थापाले भन्नुभयो– यस विषयमा वितृत छलफल हुन बाकी छ ।

राप्रपा केन्द्रिय समिति बैठकले धर्मनिरपेक्षताको खारेजी गरि हिन्दु राष्ट्र कायम गर्नको लागी संसदमा दर्ता गरेको विधेयक अघि बढाउन संसदिय दललाई निर्देशन पनि दिएको छ । राष्ट्रियताको संरक्षण र संवद्र्धन पार्टीको मुख्य कार्यभार रहने भन्दै केन्द्रिय समिति बैठकले पार्टीको विगतको नीति अनुरुप नै संविधान र संवैधानिक व्यवस्थालाई आत्मसाथ गर्दै अघि बढ्ने निर्णय गरेको छ ।
राप्रपा केन्द्रिय समिति बैठकले पार्टीको संगठन र प्रभावलाई ७ सय ४४ स्थानिय तहको वडा तथा टोल तहसम्म पु¥याउने निर्णय गरेको छ । हिन्दु राज्यको स्थापना, भ्रष्टाचार विरुद्धको अभियान र राष्ट्रिय विकासलाई मुख्य एजेण्डा बनाएको राप्रपा केन्द्रिय समिति बैठकले पुर्व राजा ज्ञानेन्द्रको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्