‘लोभी’ सोमलाल सुवेदीलाई घर पठाउने सरकारको निर्णय !



नेपाल समाचारपत्र, काठमाण्डौ । बढी पेन्सन पाउने लोभमा देश तथा निजामति सेवा प्रतिष्ठाको समेत धज्जी उडाउँदै मुख्यसचिवको पदलाई अतिरिक्त समूहमा राखी एशियाली विकास बैंक९एडीबी०को जागिर खान गएका सोमलाल सुवेदीलाई सरकारले जागिरबाट विदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद बैठकले सुवेदीको पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने निर्णय खारेजी गरिदिएको हो । योसँगै अब उनको राजीनामा स्वीकृत भएको मानिनेछ ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पूर्व मुख्यसचिवको राजीनामा स्वीकृत गरे सरहको निर्णय भएको प्रष्ट्याए ।

सुवेदी मुख्यसचिवको आफ्नो पूरा कार्यकाल नसकिदै राम्रो पैसा र सेवासुविधामा लोभिदै एशियाली विकास बैंकमा जागिर खान भन्दै राजीनामा नदिई फिलिपिन्सको मनिला लागेका थिए ।

उनले राजीनामा नदिई एडीबीको जागिर खाउञ्जेल काजमा रहेको देखिने गरी कागज मिलाएर ३ वर्ष सेवाअवधि थप्ने र त्यही बाहानामा रिटायर्ड भएपछि मासिक ४५ सय थप पेन्सन पाउने लोभमा यस्तो काम गरे पनि यसको चर्को आलोचना भएको थियो । सामाजिक सञ्जाल, नागरिक समाजदेखि सांसदहरुले समेत सुवेदीको पदलोलुुप प्रवृतिको कडा आलोचना गरेका थिए । उनलाई यस्तो काममा प्रधानमन्त्री शेरबहादुर देउवाले नै सहयोग गरेका भन्दै कडा टिप्पणीहरु समेत बाहिर आएका थिए । सबैको विरोधपछि प्रधानमन्त्री देउवा समेत सुवेदीलाई जागिरबाट विदा दिने निर्णयमा पुुगेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्