स्कुटर दुर्घटनामा प्यूठानका दुइ युवाको मृत्यू



नेपाल समाचारपत्र, प्यूठान ।
दागँमा भएको स्कुटर दुर्घटनामा प्यूठानका दुइ जना युवकको मृत्यु भएको छ। राप्ती नगरपालिका १ भालुवागँमा लु ३२ प ९४८ नम्वरको स्कुटर दुर्घटना हुँदा स्कुटिमा सवार दुइ युवाको मृत्यू भएको प्रहरीले बताएको हो। मृत्यु हुनेमा प्यूठान नगरपालिका ४ का २८ बर्षिया सुशिल गैरे र प्यूठान नगरपालिका ५ का २१ बर्षिया युवा कविराम भण्डारी रहेको इलाका प्रहरी कार्यालय भालुवागँका प्रहरी प्रमुख रविन्द्र बहादुर खडकाले बताए। उनका अनुसार स्कुटर नालामा खसेर यि दुइ युवाको ज्यान गएको हो।

 

प्रतिक्रिया दिनुहोस्