मंगलदीप र सेब अन्तिम चारमा



 

नेपाल समाचारपत्र
काठमाडौं
मंगलदीप र सामाखुसी इङ्लिस बोडिङ स्कुल (सेब) प्रथम अन्तर स्कुल नेटबल प्रतियोगिताको बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन्। बौद्धको मंगलदीपले लिग खेलमा अपराजित रहँदै ३ खेलबाट ९ अंक जोड्दै समूह ए को बिजेताको रुपमा अन्तिम चारमा स्थान बनायो। एक खेलमा भने टोलीले वाकओभरबाट ३ अंक प्राप्त गरेको थियो। नेपाल नेट बल सघको आयोजनामा त्रिपुरेश्वरको कर्भड हलमा सञ्चालन भएको खेलमा समूह बी बाट स्वप्नबाटिका बिजेता तथा जनसेवा उपबिजेताको रूपमा अन्तिम चारमा प्रवेश गरेका छन्। प्रतियोगिताको अनुमानित खर्च ४ लाख ५० हजार लाग्ने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्