ठमेल र पोखरा २४सै घण्टा खुला राखिने



 

नेपाल समाचारपत्र
काठमाडौं
गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले काठमाडौंको ठमेल र पोखरा बजारलाई २४ घण्टा खुला गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। गन्तव्य नेपाल साप्ताहिकको तेह्रौं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री शर्माले बजारलाई थप व्यवस्थित गर्न आफ्ना मातहतका सबै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताउनुभयो।

मन्त्री शर्माले सरकारको सो निर्णय कार्यान्वयन आवश्यक सम्पूर्ण व्यवस्था गर्न सम्बन्धित निकाय र व्यवसायीलाई अनुरोधसमेत गर्नुभयो। ‘बजार चौबिसै घण्टा खुला गर्नका लागि सरकारले आवश्यक सम्पूर्ण शान्ति सुरक्षाको व्यवस्था भइसकेको छ।’ –शर्माले भन्नुभयो। स्थानीय तहको निर्वाचनसँगै नयाँ बनेको सरकारसँगको सहकार्यमा सरकारले पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि यस्तो निर्णय गरेको उहाँले बताउनुभयो। कार्यक्रममा नेकपा एमालेका पर्यटन विभाग प्रमुख सूर्य थापाले पर्यटन क्षेत्रमा राजनीतिक गतिविधि र संस्थामात्र बढी भएको बताए। थापाले अब समग्र पर्यटन क्षेत्र नयाँ गन्तव्यको विकासमा लाग्नुपर्ने बताउनुभयो। कार्यक्रममा गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले आफ्नो स्थापना कालदेखि गन्तव्य नेपाल नेपालको पर्यटन क्षेत्रको विकासमा सक्रिय ढंगले लागेको बताउनुभयो।

कार्यक्रममा पर्यटन व्यवसायी तथा सामाजिक सेवामा सक्रिय विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो। त्यसैगरी कार्यक्रममा पर्यटन पत्रकारिता क्षेत्रमा गरेको योगदानको कदर गर्दै जनसवाल दैनिकका सम्पादक रामजी बगाले तथा राससका कार्यकारी सम्पादक कृष्ण अधिकारीलाई १०⁄१ण् हजार राशीसहित सम्मान गरियो।

त्यस्तै कार्यक्रममा टुरिजम म्यान अफ दि ईयर–२०१७ बाट पर्यटन व्यवसायी तथा समाजसेवाका अभियन्ता, माउण्टेन डिलाइट्स ट्रेक्स एन्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक राम सापकोटा (कमल) लाई प्रदान गरियो।

 

प्रतिक्रिया दिनुहोस्