जस्टिन बिबर फेरी प्रहरी फन्दामा



 

हलिउडका सुपरस्टार पप गायक जस्टिन बिबर फेरी एकपटक प्रहरी चक्करमा फसेका छन्। बेबरली हिल्समा कार चलाइरहेको बखत मोबाइल फोनमा कुराकानी गरेकाले उनीमाथि प्रहरीले जरिवाना लगाएको एजेन्सीले जनाएको छ। उनी आफ्नो कारमा कतै गइरहेका बेला प्रहरीले उनलाई माबाइल फोनको प्रयोग गरिरहेको बखत कार रोकेर १ सय ६२ डलरको जरिवाना तोकेको समाचारमा जनाइएको छ। बिबर फोनमा कुरा गर्दै थिए या म्यासेज पठाइरहेका थिए, यो कुरा भने समाचारमा खुलाइएको छैन। यद्दपि पुलिसले भने २३ वर्षीय गायकले शान्तरूपमा प्रस्तुत हुँदै आफूहरुलाई सहयोग गरेको बताएको छ।

यसअघि सन् २०१४ मा पनि बिबरले ट्राफिक नियमको उल्लंघन गर्दै तहल्का मच्चाएका थिए। त्यस बेला उनले अब यस्तो गल्ती नदोहोर्याउने कसम नै खाएका थिए। सायद सेलिब्रेटीहरूको बोलीको कुनै टुंगो नहुँदोरहेछ कि ⁄

प्रतिक्रिया दिनुहोस्