मोबाइलका कारण कमान्डर मारिए



 

नयाँदिल्ली, (एजेन्सी)
भारत अधीनस्थ काश्मिरमा भनाभन परेपछि एकजना युवा सैनिकले कमान्डिङ अफिसरलाई गोली हानी मारेको सैनिक सूत्रले बुधबार पुष्टि गरेको छ। सेनाले यसबारे विस्तृत विवरण बाहिर ल्याएको छैन।

तर केही जुनियर अफिसरहरूले एउटा मोबाइल फोनको विषयलाई लिएर तिनीहरूबीच एक्कासि चर्काचर्की परेको बीबीसीलाई बताएका छन्।

सञ्चारमाध्यमले भने कमान्डिङ अफिसरले ड्युटीको समयमा मोबाइल फोन प्रयोग नगर्न चेतावनी दिँदै ती सैनिकको मोबाइल खोसेको बताएको छ।

सरकारी अधिकारीहरूले प्रहरी र सेनाले यस घटना सम्बन्धमा गम्भीर ढंगले अनुसन्धान गरिरहेको बताएका छन्। सशस्त्र फौजभित्रको नैतिकताबारे चासो बढिरहेका बेला यो घटना घटेको हो। यसै वर्षको शुरूमा एकजना भारतीय सैनिकले खानको गुणस्तरबारे गरेको गनासोको भिडियो सामाजिक सञ्जालमार्फत भाइरल भएपछि सरकारले त्यसबारे अनुसन्धान गर्न आदेश दिएको थियो।

यसैगरी भारत अधीनस्थ काश्मिरको चुनावको दौरान सेनाले एकजना मानिसलाई मानव ढालका रूपमा एउटा सैनिक गाडीको अग्र भागमा बाँधेको घटनाको सबैतिरबाट कडा आलोचना भएको थियो। तर सो घटनाको समयका अफिसर इन्चार्जलाई पछि पुरस्कृत गरिएपछि रक्षा विश्लेषकहरूले सेनामा नैतिकताको स्थिति गिरिरहेको अनुमान लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्