टाउको नभएको बच्चा जन्मियो



 

रुकुम, (नेस)
रुकुमको स्यालापाखामा टाउको नभएको बच्चा जन्मिएको छ। सिस्ने गाउँपालिका–८ को स्यालापाखा स्वास्थ्य चौकीमा सिस्ने गाउँपालिका–८ की सुशीला रावलले टाउको नभएकी छोरीको जन्म दिएकी हुन्।

बच्चा जन्मेलगत्तै मृत्यु भएको थियो। २२ वर्षीया रावलको गत वर्ष पनि यस्तै बच्चाको जन्म भएको थियो। रावलका श्रीमान् चन्द्र रावलले गत वर्ष पनि अहिलेको जस्तै बच्चा जन्मिएको बताए।

स्वास्थ्य चौकी स्यालापाखाका इन्चार्ज हरि केसीले क्याल्सियमको कमीका कारण यस्तो भएको बताउनुभयो। उहाँले क्याल्सियम कमीकै कारण बच्चाको टाउकोको हड्डी नबनेको बताउनुभयो। यस्तो खालको बच्चालाई एनेन्सिफ्लाइ भएको भनिने उहाँको भनाइ छ। सुशीला रावलको स्वास्थ्य अहिले सामान्य रहेको स्वास्थ्यचौकी इन्चार्ज केसीले जानकारी दिनुभयो। रावलको एक छोरा छन्।

प्रतिक्रिया दिनुहोस्