रुकुममा टाउको नभएको बच्चा जन्मीयो, जन्मे लगतै बच्चाको मृत्यु



धनवीर दाहाल,रुकुम ।
रुकुमको स्यालापाखामा टाउको नभएको बच्चा जन्मीएको छ । सिस्ने गाँउपालिका वडा नं ८ को स्यालापाखा स्वास्थ्य चौकीमा सिस्ने गाँउपालिका वडा नं ८ की शुसिला रावलले टाउको नभएकी छोरीकोे जन्म दिएकी हुन् ।

बच्चा जन्मे लगतै मृत्यु भएकोे थियो । २२ बर्षिया रावलको गत बर्ष पनि यस्तै बच्चाको जन्म भएको थियो । रावलका श्रीमान चन्द्र रावलका अनुसार गत बर्ष पनि अहिलेको जस्तै बच्चा जन्मीएको थियो ।

स्वास्थ्य चौकी स्यालापाखाका इन्चार्ज हरि के.सीले क्याल्सीएमको कमीका कारण यस्तो भएको बताउनुभयो । उहाँले क्याल्सीएम कमीकै कारण बच्चाको टाउकोको हड्डी नबनेको बताउनुभयो ।

यस्तो खालको बच्चालाई एनेन्सीफ्लाइ भएको भनिने उहाँको भनाई छ । शुसिला रावलको स्वास्थ्य अहिले सामान्य रहेको स्वास्थ्यचौकी इन्चार्ज के.सीले जानकारी दिनुभयो । रावलको एक छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्