बम फालेर चर्चा कमाएका हवल्दार रानालाई इनाम स्वरुप फुली



काठमाडौ,(नेस) ।
काठमाडौ स् दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फाल्ने साहसी प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा हुनु भएको छ । प्रहरी प्रवक्ता सर्वेन्द्र खनालका अनुसार रानालाई प्रहरी प्रधान कार्यालयले असइमा बढुवा गरेको हो ।

रानाले दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फ्याँक्दै सम्भावित मानवीय क्षति हुनबाट रोक्नुभएको थियो ।

रानाको बहादुरीको प्रशंसा गर्दै गृहमन्त्री जनाद्र्धन शर्माले थप राम्रो काम गर्न हौसला दिनु भएको थियो ।
गृहमन्त्री शर्माको निर्देशनमा रानालाई बढुवा गरिएको हो ।

असार १४ गते भएको दोस्रो चरणको स्थानिय तहको निर्वाचनमा दाङ, तुल्सिपुर उप–महानगरपालिका वडा नं ३ स्थित आधारभुत विद्यालय प्रतापकोट अम्बास मतदान केन्द्रमा मतदान केन्द्रलाई लक्षित गरी फालेको बम तत्कालै टिपेर मतदान स्थल बाहिर फाल्दै हवल्दार रानाले जनधनको क्षति हुनबाट जोगाउनु भएको थियो ।

असार १४ गते मतदान कार्य सम्पन्न हुनासाथ गृहमन्त्री शर्माले हवल्दार रानालाई फोन गरेर बधाई दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्