यस्तो पनि ठाउँ,जहाँ लोग्ने र सासु ससुराले नै बेच्छन् आफ्नी पत्नी-बुहारी



जेन्सी । जो सुकै मानीसलाई पनी विश्वास नलाग्न सक्छ, कसैले आफ्नै श्रीमती र बुहारीहरुलाई पनि बेच्छन भन्दा । छिमेकी देश भारतको राजधानी नयाँदिल्ली नजिकैका केही इलाकाहरुमा यस्तो समुदाय बस्दछ जहाँ घरकै मानिसहरुले श्रीमती तथा बुहारीहरुलाई बेच्दछन् । घरका लोग्ने तथा सासु ससुराहरुले नै आफ्नी पत्नी तथा बुहारीलाई बेश्वावृत्ति गर्न बाध्य पार्दछन् ।

 

एक विशेष रिपोर्ट अनुसार दिल्लीसँग जोडिएको धरमपुरा लगायतका इलाकामा बस्ने परना नामक समुदायमा यो घृणित परम्परा चल्दै आएको छ । एक रिसर्च कम्पनिले उक्त समुदायमाथि गरेको अध्ययन अनुसार त्यहाँ पतिले नै आफ्नी पत्नीलाई यौन पेशा गर्न बाध्य पार्दछन् । पत्नीले वेशयावृत्तिबाट कमाएको पैसा चाहीँ लोग्नेले राख्दछ ।

परिवारको गर्जो टार्नका लागि सासु ससुराहरुले पनि बुहारीलाई यौनकर्ममा लगाउँछन् ।

कतिपय महिलाहरु आफ्नै इच्छा तथा बच्चाको पढाइका लागि खर्च जुटाउन भनेर राजीखुसीले नै वेश्यावृत्तिमा लागेका हुन्छन् । कतिपयलाई चाहीँ परिवारले बाध्य पार्दछ ।

कतिपय महिलाहरु बिहान सबेरै वेश्यावृत्तिका लागि घरबाट निस्कने र केही ग्राहकसँग ओछ्यान तताएपछि घर फर्किएर घरधन्दा गर्दछन् । घरको काम र पैसा कमाउन वेश्यावृत्ति दुबै उनीहरुले गर्नुपर्दछ ।

हाम्रो देशको वादी समुदायमा विगतमा रहेको यस्तै परम्परा अहिले लगभग हटिसकेको छ । तर दुनियाको आर्थिक महाशक्ति राष्ट्र भारतमा अहिलेपनि यस्तो परम्परा कायमै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्