कांग्रेस सभापतिको उद्घोष‘अन्तरघातिलाई कार्वाहि गरेरै छोड्छु’



काठमाडौं, (नेस) ।
स्थानिय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा अनपेक्षित हार वेहोरेको नेपाली काग्रेसले समग्र परिणाममा विजयी संख्या बाढाउन अब प्रदेश नम्बर २ मा केन्द्रित हुने भएको छ ।

पहिलो र दोस्रो चरणको निर्वाचन अन्तर्गत नतिजा प्राप्त कुल ६ सय १६ स्थानिय तहमध्य प्रमुख पदमा संख्यात्मक हिसाबले नेकपा एमाले भन्दा काग्रेस ५० को संख्यामा कम छ ।

प्रदेश नम्बर २ अन्तर्गत १ सय २७ तहमा आगामी असोज २ गते तेस्रो चरणको निर्वाचन हुदैछ । यो निर्वाचनमा काग्रेसले प्रदेश नम्बर २ लाई निर्वाचन विशेष केन्द्रित गरि रणनीतिक ढंगले बढी भन्दा बढी सिट जित्न अहिलेदेखि नै केन्द्रित भएको छ । काग्रेसले नेपाली कांग्रेसले तेस्रो चरणमा हुने क्षेत्र नम्बर २ का जिल्लाहरुको चुनावी अवस्था बुझ्न र रणनीति बनाउने उदेश्यले विहिवार काठमाडौंको बानेश्वर स्थित आनन्द पार्टी ईभेन्टमा यो प्रदेशमा पर्ने ८ वटै जिल्लाका नेताहरुको भेला गरेको थियो ।

भेलामा शीर्ष नेताहरुले टिकट वितरण लगायत जिल्लाको बस्तुगत अवस्थाबारे जानकारी लिएका थिए । भेलामा सभापति शेरवहादुर देउवाका साथै केन्द्रिय पदाधिकारी, प्रदेश नम्बर २ का केन्द्रिय सदस्यहरु, सांसदहरु, पुर्व सांसदहरु, क्षेत्रिय सभापतिका साथै पहिलो संविधानसभाका उमेद्वारहरुको उपस्थिति रहेको थियो ।

भेलामा काग्रेस सभापति शेरवहादुर देउवाले प्रदेश नम्बर २ मा बढी सिट जितेर समग्रमा काग्रेसले पहिलो पार्टीको नतिजा निकाल्नु पर्ने बताउनु भएको थियो । स्थानिय तहको निर्वाचनको नतिजाले संघ र प्रदेशको निर्वाचनमा समेत असर पर्ने भन्दै सभापति देउवाले प्रदेश नम्बर २ को निर्वाचन बाट काग्रेस पहिलो पार्टी बन्ने गरि चुनावमा होमिन नेताहरुलाई निर्देशन दिनु भएको थियो । साथै उहाले तेस्रो चरणको चुनावमा भनसुनको आधारमा भन्दा पनि योग्य जित्न सक्ने खुबी राख्नेलाई टिकट दिइने भन्दै सोहि अनुसार तयारीमा जुट्न आग्रह गर्नुभएको थियो ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा अन्तर्घातका कारण काग्रेसले धेरै ठाउमा चुनाव हारेको भन्दै सभापति देउवाले अन्तर्घातीहरुलाई कार्वाहि गरेरै छोड्ने बताउनु भएको थियो । ‘जो जोले अन्तर्घात गरेका छन् तिनिहरुलाई कार्वाहि गरेरै छोड्छु’ सभापति देउवाले भन्नुभयो– कार्वाहि गर्दा तेरो मेरो भन्दीन ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा अन्तर्घातका कारण थोरै मतले पराजित भोग्नुपरेको भन्दै उहाले अन्तर्घातिलाई कार्वाहि नगर्ने हो भने नेपाली काग्रेस कहिल्यै पनि ठुलो पार्टी बन्न नसक्ने पनि बताउनु भएको थियो ।

भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो र दोस्रो चरणको निर्वाचनमा कतिपय ठाउमा अन्तर्घात र कतिपय ठाउमा नेतृत्वको कमजोरीका कारण काग्रेस पराजित हुन पुगेको भन्दै प्रदेश नम्बर २ को निर्वाचनमा यो दुवै कमजोरी हटाउनु पर्ने बताउनु भएको थियो ।

‘स्थानिय स्तरबाट उमेद्वार छनौट भएको ठाउमा काग्रेस विजयी भएको छ भने उमेद्वार छनौटमा नेतृत्वले हस्तक्षप गरेको ठाउमा काग्रेस पराजित भएको छ’ नेता पौडेलले भन्नुभयो– कतिपय ठाउमा उमेद्वार छनौटमा ढिलाई भएको कारणले पनि निर्वाचनमा पराजय भोग्नु परेको छ ।

विगतको चुनावमा गुटको आधारमा टिकट वितरण भएको भन्दै नेता पौडेलले तेस्रो चरणको चुनावमा भने क्षमता, योगदान र योग्यताको आधारमा टिकट वितरण हुनुपर्ने बताउनु भएको थियो । सभापति र सभापति निकट बाटनै यस अस अघिको निर्वाचनमा अन्तर्घात भएको भन्दै उहाले नेतृत्वले समावेशीतालाई समेत ख्याल नगरेको आरोप लगाउनु भएको थियो ।

सरुवा बढुवादेखि नियुक्तिसम्ममा नेतृत्वले हस्तक्षेप गर्नुका साथै समावेशीतालाई समेत धज्जी उडाइएको आरोप लगाउँदै पौडेलले भन्नुभयो– सभापतिलाई भन्न चाहन्छु, राजदूत नियुक्ति गर्दा आइजईजी नियुक्ति गर्दा के भयो ? यसमा खै समावेशी ? नेतृत्व गम्भीर बन्ने कि नबन्ने ? ।’

भेलामा नेता बिमलेन्द्र निधिले तेस्रो चरणमा हुने प्रदेश नम्बर २ को स्थानिय तहको निर्वाचनमा काग्रेसले १ सय २७ मध्य १ सय तहमा विजयी हासिल गर्न सक्ने बताउनु भएको थियो । पहिलो र दोस्रो चरणमा गरेर हामी एमालेभन्दा करिव ५० सिटले पछि परेका छौ भन्दै नेता नीधिले काग्रेस पहिलो पार्टी बन्न तेस्रो चरणमा १ सय सिट जित्ने तयारीका साथ अघि बढ्नु पर्ने बताउनु भएको हो ।

मधेशको मुद्धा लिएर काग्रेस आन्तरीक रुपमा एकतावद्ध भएर अघि बढे प्रदेश नम्बर २ मा काग्रेसले १ सय स्थानिय तहमा विजय हातपार्न सकिने उहाको दाबी थियो । भेलामा निधिले सप्तरी र सिराह वाहेक अन्य जिल्लामा नेकपा एमालेको १९ स्थानिय तहमामात्र प्रभाव रहेको विष्लेषण सुनाउनु भएको थियो ।

काग्रेसले प्रदेश नम्बर २ मा बढी सिट विजय गराउने योजनाका साथ भोली शुक्रवार वीपी कोइरालाको ३५औं स्मृति दिवसका अवसर पारेर धनुषाको जनकपुरमा पनि यो प्रदेशका सबै जिल्लाहरुका प्रचारप्रसार समितिको विशेष भेला आयोजना गरि स्थानिय तहको तेस्रो चरणको निर्वाचन प्रचारप्रसार अभियानको थालनी गर्ने भएको छ । काग्रेसले प्रदेश नम्बर २ मा रहेको कुल स्थानीय तह मध्य ८० तहमा विजयी हुने आकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्