नेयमारको सम्भावना बार्सिलोना वा पीएसजी



 

मेड्रिड, (एजेन्सी)
नेयमार बारे पछिल्लो खबर आएको छ उनी बार्सिलोनामै खुसी भएको। नेयमार आफैंले पनि भनेका छन्– ‘म बार्सिलोनामै खुसी छु।’

ब्राजिली स्टारका लागि १९ करोड पाउन्डमा फ्रेन्च क्लब पेरिस सेन्ट जेर्मेन (पीएसजी) मा जाने सम्भावना रहेको पनि छ। नेयमारले विश्वकै सर्वाधिक महगो खेलाडी बन्ने तयार भएको पनि स्पेनी अखबारले दाबी गरेको छ। पीएसजी लिग वानमा ६ पटक च्याम्पियन बनेको क्लब हो।

गतवर्ष मात्रै जाल्टन इब्राहिमोभिच नहुँदा पीएसजीले मोनाकोलाई उपाधि दिनुपरेको थियो।

तर बार्सिलोनाका उपाध्यक्ष जोर्डी मेस्ट्रेले नेयमार बार्सिलोनामै रहने विश्वास गरेका थिए। उनको भनाइ थियो– ‘नेयमारले क्लब छाड्ने छैनन् भन्नेमा म २ सय प्रतिशत विश्वस्त रहेको छु।’

मेस्ट्रेको भनाइ बाहिर आएको एक घण्टा नबित्दै नेयमारको पीएसजी जाने फेरि संभावना बढेको हो। उनका सल्लाहकारले उनलाई मेसी जस्तो खेलाडीसँग खेल्नु छायामा पर्नु जस्तै भएको भनेर सम्झाएको पनि स्पेनी अखबारले खुलासा गरेको छ।

ती सल्लाहकारका अनुसार यदि नेयमार पीएसजीमा आबद्ध भएमा उनी विश्वककै सबैभन्दा ठूला खेलाडी बन्ने पनि आश्वासन दिएका छन्। पीएसजीले बार्सिलोनाले तोकेको रकम २२ करोड २० लाख पाउन्ड तिर्न पनि तयार भएको खबर बाहिर आएको थियो।

प्रतिक्रिया दिनुहोस्