प्रहरी गायकको आश सार्वजनिक



 

गायक नवल राईको एकल एल्बम आश सार्वजनिक गरिएको छ। तिमीलाई देखेपछि, तिमी बिना, ताराबिना जुन, कस्तो प्रेम, ओ मेरी प्रिया, सिटी बनाउन बोलका आधा दर्जन गीत संगृहित एल्बम राजधानीमा आयोजित एक कार्यक्रमका बीच संगीतकार भूपेन्द्र रायमाझी र शान्तिराम राईले संयुक्तरूपमा विमोचन गरेका हुन्।

एल्बम विमोचनपछि गायक राईलाई शुभकामना दिँदै रायमाझीले नवलको स्वरको प्रशंसा गरे। एल्बमको समीक्षा गर्दै प्राज्ञ संगीतकार शान्तिराम राईले नवलको गायनकलामा शंका नभएको बताए।

एल्बममा गायक राईलाई एउटा गीतमा गायिका पूजा सुनुवारले स्वरमा साथ दिएका छन्। एल्बमका आधा दर्जनमध्ये तीन गीत नवल आफैंले रचना गरेका छन् भने तीनवटै गीतमा संगीत पनि भरेका छन्। उमेर लम्साल र सनम पुरुषको समेत शब्द रहेको एल्बममा बाँकी तीन गीतमा ओमप्रकाश राईको संगीत समेटिएको छ।

सुनसरीको इनरुवा निवासी गायक नवल राई एक दशकदेखि नेपाल प्रहरीमा कार्यरत छन्। ‘गायन मेरो सानैदेखिको सोख र रुची भएकाले ड्युटीबाट बचेको समयलाई संगीतमा खर्च गरेको हुँ’ –उनले भने।

प्रतिक्रिया दिनुहोस्