सनी सरोगेसीबाट सन्तान जन्माउँदै



 

पूर्वक्यानेडियन पोर्नस्टार तथा बलिउड अभिनेतृ सनी लियोनी आफ्नो शारीरिक हाउभाउ र खुलस्त शैलीका कारण बलिउडमा चर्चामा रहन्छिन्।

यतिखेर भने तिनै नायिका बलिउड फिल्म उद्योगबाट केही टाढा रहेकी छिन्। तर, यही बेला लियोनीको एक अभिव्यक्तिले सबैलाई चकित पार्ने बताइएको छ। विशेष सूत्रलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार सनी लियोनी यतिखेर आमा बन्ने योजना बुनिरहेकी छिन्। उनी छिट्टै आमा बन्न हतारिएको समाचारमा जनाइएको छ। सनी र उनको पति डेनियल बेबरको विवाह भएको ७ वर्ष पुगिसकेको छ।

सफ्टब्याइ डट कमका अनुसार यो जोडीले अभिभावक बन्ने निर्णय नै गरिसकेको छ। यसका अलावा यो जोडी आफ्नो आउँदै गरेको शो स्पिलिट्सविलाः सिजन १० को प्रमासनमा जुटिरहेको छ। आफ्नो अन्तरवार्तामा सनीले आफ्नो बच्चा भाडाको हुने जनाएकी छिन्, जसलाई सरोगेसी पनि भनिन्छ। स्मरण रहोस् बलिउडकै शाहरुख, तुषार, करण जोहर र कृष्णा अभिषेक पनि भाडाका बच्चाका पिता बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्