पूर्वसैनिक जनरल दोषी ठहर



 

बैंकक, (एजेन्सी)
थाइल्यान्डको एउटा अदालतले बुधबार एकजना पूर्व सैनिक जनरललाई मानव तस्करीमा दोषी ठहर्याएको छ। बैंककमा चलेको यो मुद्दा थाई इतिहासमै निकै महत्त्वपूर्ण मानिएको छ। म्यान्मारबाट पलायन भएका अल्पमत रोहिंग्या मुस्लिम र बंगलादेशीहरूको अवैध ओसार प्रसारमा संलग्न रहेको पाइएको चालिस जनाभन्दा बढी अभियुक्तमा जनरल म्यानस कोन्पाँग पनि परेका हुन्।

करिब १ सय जना व्यक्तिलाई मानव ओसारपसार, अपहरण र हत्याका ेअभियोगमा मुद्दा चलाइएको हो। वर्षौंदेखि मुस्लिम रोहिंग्याहरू म्यान्मारबाट थाइल्यान्डतर्फ भाग्ने गरेका छन्।

सन् २०१५ को जुनमा जनरल कोन्पाँगलाई गिरफ्तार गरिँदा थाइल्यान्डले आफ्नो भूमिबाट हुने गरेको मानव ओसारपसारलाई रोक्न निकै ठूलो कसरत गरेको प्रतीत भएको थियो। न्यायाधीशले उनलाई मानव ओसारपसार र संगठित अपराधका लागि दोषी करार गरेका हुन्।

तर उनीलगायत दोषी ठहर्याइएका अन्य सबैलाई अदालतले सजाय सुनाउन बाँकी नै रहेको थाई सञ्चारमाध्यमले जनाएको छ। सन् २००९ मा आफूमाथि इन्जिन नभएका जहाजहरूमा एक हजार जनाभन्दा बढी रोहिंग्यालाई समुद्री यात्रा तय गराउन आदेश दिएको आरोप लाग्दा थाइल्यान्डले आप्रवासीहरूलाई मानवीय व्यवहार गरेको कुरा बीबीसीलाई बताएका थिए।

पत्रकारहरूले यस्तो मुद्दामा दोषी ठहरिने यिनी थाई सेनाकै पहिलो जनरल भएको बताएका छन्। सन् २०१५ मा दक्षिणी थाई जलमार्गबाट मलेसिया र अन्य गन्तव्यका लागि प्रस्थान गरेका हजारौं शरणार्थी समुद्रमा अलपत्र परेका थिए।

प्रतिक्रिया दिनुहोस्