हेलिकोप्टरबाट सहवासको भिडियो खिच्ने प्रहरी अदालतमा



 

लन्डन, (एजेन्सी)
प्रहरी हेलिकोप्टरले आफ्नो निजी बगैंचामा यौनमा लिप्त जोडीको फिल्म बनाएको मामिलामा अदालतमा सुनवाइ शुरू भएको छ।

उक्त मामिलामा बेलायतका दक्षिणी योर्कसायरका दुई प्रहरी अधिकारी र दुई पाइलटविरुद्ध सेफिल्डस्थित क्राउन अदालतमा सुनुवाइ भएको हो। ४२ वर्षीय म्याथ्यु लकास, ४७ वर्षीय ली वाल्स, ४५ वर्षीय म्याथ्यु लुसेमोर र ६४ वर्षीय मलकोम रिब्सले सरकारी संयन्त्रको दुरुपयोग गरेको आरोपलाई अस्वीकार गरेका छन्। अदालतमा ती जोडी घाममा बिना कपडा रहेको र दुवै सहवासमा लिप्त रहेको बताइएको थियो। त्यतिबेलै प्रहरीको हेलिकोप्टरले उनीहरूको क्रियाकलापको फिल्म बनाएको थियो।

यद्यपि उक्त आरोपलाई अभियुक्तहरूले अस्वीकार गर्दै आइरहेका छन्। यसमा अर्को पाँचौं व्यक्ति पूर्व प्रहरी अधिकृत एड्रियन पोगमोर हुन् र उनले सरकारी अफिसको दुरुपयोग गरेको आरोपलाई स्वीकार गरेका छन्।
प्रहरीको फुटेजमा ती जोडी प्रेमालापमा रहेको प्रस्ट देखिएका थिए। हेलिकोप्टर चालक दलका सदस्यहरूले एउटा उच्च गुणस्तरको भिडियो क्यामराको प्रयोग गरेको जाँच अधिकारी रिचर्ड राइटले बताए। उनले यसलाई कसैको निजी जीवनको उल्लंघन भएको बताए।

जोडीमा परेका महिलाले अदालतमा भनिन्– ‘यो मेरो निजी जीवनको खुला उल्लंघन हो। म यस घटनाबाट अत्यन्त दुःखी र समस्यामा परेको छु।’
उक्त भिडियो सन् २०१२ मा बनाइएको अदालतमा बताइएको छ। अदालतमा सुनवाइ भइरहेको र आगामी तीन हप्तासम्म जारी रहने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्