जुवा खेल्दै गर्दा पक्राउ परेका गायक बद्री पँगेनी छुटे



काठमाडौ (नेस) ।
जुवा खेल्दा खेल्दै पक्राउ परेका चर्चित गायक बद्री पँगेनी छुटेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई बोलाएको बेला हाजिर हुने गरी कागज गराएर छोडिदिएको हो ।

प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीको रोहबरमा प्रशासन कार्यालयको मुद्दा शाखाले उनलाई छाडेको हो ।

पँगेनीसहित ११ जना जुवा खेल्दै गरेको अवस्थामा काठमाडौंको बाँसबारीबाट पक्राउ परेका थिए ।

स्थानीयले जुवाको खाल सञ्चालन गरिरहेको खबर गरेपछि महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्