मदिरा सेवन नगर्नु भनी पतिलाई सम्झाउन खोज्दा उल्टै घाँटी थिचेर पत्नीको हत्या



नेस, बारा ।
मदिरा सेवन नगर्न सुझाव दिएको निहुँमा बाराको करैयामाई गाउँपालिकामा श्रीमानले घाटी थिचेर सोमबार राति श्रीमतिको हत्या गरेका छन ।
मदिरा सेवनको विषयमा उत्पन्न विवादपछि करैयामाई गाउँपालिका १ मधुवनका २५ बर्षिय भगवान शाहले २१ ब्र्षिय श्रीमति रमिताको राति ११ बजे घाटी थिचेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

मदिरा सेवन गरी आएका साह र श्रीमती रमिताबीच विवाद भएको र त्यही निहुमा कुटपिट गरी घाँटी थिचेर घरभित्रै हत्या गरिएको जिल्ला प्रहरी कार्यालयल बाराले जानकारी दिएको छ ।

‘मदिरा सेवन नगर्नु भनी श्रीमानलाई सम्झाउन खोज्दै थिइन, छिमेकी सोनालाल साहले भने, त मलाई सम्झाउने को होस भन्दै उल्टै कुटपिट र घाँटी थिचेर हत्या गरे ।’

उनले यसअघि पनि मदिराको विषयमा दमपतिबीच पटकपटक झगडा हुने गरेको पनि ककउनले सुनाए ।

हत्या अभियोगमा प्रहरीले साहलाई सोमबार राति नै नियन्त्रणमा राखेको छ भने रमिताको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल कलैया लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्