दुधकोसीमा निर्माणाधिन पक्की पुलको स्टील ट्रस जडान



रामधन राई,खोटाङ ।
खोटाङ जिल्ला प्रबेश गर्ने मुख्य नाकाको रुपमा रहेको जयरामघाटस्थित दुधकोसी नदीमा निर्माणाधिन पक्की पुलको स्टील ट्रस जडान गर्ने काम सकिएको छ ।

खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयराममा निर्माणाधिन पक्की मोटरेवल पुलको स्टील ट्रस जडानका काम सम्पन्न भएको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका साईड ईन्जिनियर सिताराम कार्कीले बताउनुभयो ।

साईड ईन्जिनियर कार्कीका अनुसार पुलमा जडान गरिएको स्टील ट्रसको टर्गुलाई कस्ने, फर्म वर्कका काम गरेर ढलानका काम गर्न भने बाँकी रहेको छ ।

बिक्रम पाण्डेको हुलास इन्जिनियरिङ र दिवाकर गोल्छाको कालिका कन्स्ट्रक्सनले २०६८ साल असार सम्ममा पूरा गर्ने शर्तमा २०६६ साल भदौमा पुल निर्माणका लागि सम्झौता गरेको थियो ।
निर्माण कम्पनीका अनुसार आगामी दशैंसम्ममा पुल निर्माणको काम सम्पन्न गर्नेगरी पुल निर्माणको काम भइरहेको छ ।

पछिल्लो समय पुल निर्माण कार्यले तीब्रता लिएसँगै जिल्लाबासी हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्