करेन्ट लागेर प्राधिकरणका कर्मचारीको ज्यान गयो



बारा, (नेस) ।
करेन्ट लागेर बाराका छुट्टाछुटटै स्थानमा बिद्युत प्राधिकरणका एक कर्मचारी सहित दुई जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार निजगढ नगरपालिका ३ सिगौलमा बिजुलीको तार मर्मत गर्ने क्रममा विधुत प्राधिकरण निजबगढ उपशाखामा कार्यरत ३४ बर्षीया प्रभु महतोको सोमबार साझ र सिम्रौनगढ नपा १ का १८ बर्षीया गणेशप्रसाद शाहको मंगलबार दिउसो ज्यान गएको हो ।

११ केभी प्रशारण लाइनमा कनेक्शन गर्ने क्रममा अचानक विद्युत सर्ट भइ करेन्ट लागेर घाइते बनेका महतोको उपचारको लागि निजगढस्थित अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएका प्रहरीले जनाएको छ ।

मृतक महतो जिल्लाको पर्सौनी गाउ“पालिका त्रिवेणी निवासी हुन । त्यसैगरी विधुतीय मोटर प्रयोग गरेर आफनो खेतमा सिचाई गर्ने क्रममा करेन्ट प्रवाहा भएको पानीमा परेर शाहाको दिउसो ११ बजे घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्