संविधान संशोधनबाहेक राजपाका अन्य माग ३ दिनभित्र पूरा गर्न सरकार प्रतिबद्ध



काठमाडौ (नेस) ।

सरकारले मुद्दा फिर्ता लगायतका राजपाका माग ३ दिनभित्र सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ । लगतै संविधान संशोधन विधेयक अघि बढाइने नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेतासँग बुधबार विहान भएको छलफलमा राजपाका शीर्ष नेताहरुले मन्त्रिपरिषदले गर्ने निर्णय समेत नभएको गुनासो गरेका छन् ।

जवाफमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुद्दा फिर्ता, घाइतेको उपचार खर्च र शहीद घोषणा लगायतका विषय ३ दिनभित्र पुरा गर्ने बचन दिएका छन् ।

सँगसँगै संविधान संशोधन प्रक्रिया पनि अघि बढाइने सत्तारुढ दलका नेताहरुले बताएका छन् ।

बैठकमा राजपा नेताहरुले प्रतिबद्धताअनुसार माग पूरा गर्न भन्दै त्यसपछि बाँकी विषयमा छलफल हुने जवाफ दिएका थिए।

प्रतिक्रिया दिनुहोस्