मतदाता नामावली सकंलन कार्यक्रम व्यवस्थापनमा कठिनाइ,स्थानीयलाइ सास्ती



भद्रपुर(ने.स) ।
पूर्व तयारी बिना हचुवाको भरमा निर्वाचन आयोगको छुटेका मतदाता दर्ता सकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन कार्यालयलाई व्यवस्थापन गर्न समस्या परेको छ ।

आयोगले साउन १ गतेदेखि १५ गते सम्म ७५ वटै निर्वाचन कार्यालयमा छुटेका मतदाता दर्ता संकलन गर्न निर्देशन जारी गरेपछि जिल्ला निर्वाचन कार्यालय झापामा पनि मतदाता दर्ताका लागि स्थानीयको घुइचो लागेको छ ।

निर्वाचन कार्यालयमा जनशक्ति अभाव कारण मतदाता दर्ता गराउन आउने स्थानीयले सास्ती समेत झेल्नु परेको छ ।
निर्वाचन कार्यालयमा दर्ता गराउने काम जनता लाई दुख दिने उदेश्यले गरिएको दमक नगरपालिका ३ का सञ्जय लुइटेलले बताए ।

यो काम सम्बन्धित नगर वा गाउपालिकामा हुनु पर्ने उनको भनाई छ । अर्जुनधारा २ का टेक बहादुर दाहालले विहान साढे ९ बजे देखि बसेर अपरान्ह् ३ बजे दर्ता गराउन पाएको बताए । सबै मानिस एकैठाउमा आउनु परेका कारण झन्झटिलो भएको उनको भनाई छ ।

त्यसैगरि मेचीनगर ६ का कृष्ण प्रसाद सुवेदीले मंगलवार विहान देखि आएपनि काम हुन नसकेको बताउछन् । यस्तो गर्मी र खेतीपातिको समयमा निर्वाचन कार्यालय धाउनु पर्दा समस्या भएको सुवेदीको भनाइ छ ।

प्रदेश र केन्द्रको निर्वाचनलाई मध्यनजर गर्दै दुइ दिन देखि निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली सम्बन्धि काम चर्को गर्मीका बावजुद दर्ता परिसरमा उल्लेखिय भिड लागेको छ ।

स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न सगै सुरु भएको मतदाता नामावली दुई स्थानवाट सातओटा कम्युटर प्रणालीवाट धमाधम सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

झापाका आठ नगरपालिका र सात गाउँपालिकामा वसोवास गर्दै आएका नागरिकले आफ्नो मताधिकार प्रयोग गर्नलाई कसैको छुटेको,बिग्रेको,नयाँ दर्ता लगायतको काम भइरहेको निर्वाचन अधिकारी गोपाल आचार्यले बताए ।

धेरै मतदात छुटेका कारण कार्यालयमा चाप बढेकोले केहि दिन भित्र देखिएको अव्यवस्थित परिस्थितीलाई सहज बनाउने प्रयास भइरहेको निर्वाचन अधिकारी आचार्यले बताए । पहिलो दिन ३ सय ३५ र दोस्रो दिन ५ सय ९८ जनाको दर्ता भइसकेकोले दिनानुदिन भिड बढ्दै गएको आचार्यको भनाई छ ।

हाल निर्वाचन कार्यालयमा ५ र कर्मचारी मिलन केन्द्रमा २ कम्युटर राखी सुर भइरहेपनि भिडका कारण एउटा कम्युटर थप गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्