बालुवाटारमा राजपा र सत्तारुढ दलको बैठक जारी



काठमाडौ, (नेस) ।

सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तारको तयारी गरिरहेका वेला नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल सुरु भएको हो ।

बैठकमा राजपाले भन्दै आएको संविधान संशोधनमा सत्तापक्षले गरेको पहलका बारेमा जानकारी गराउनुका साथै सरकारमा समेत सहभागि बन्न आग्रह गरिने बताइएको छ ।

संविधान संशोधन विधेयकका पक्षमा अझै दुई तिहाई पुगेको छैन । अहिले नै सरकार विस्तार गर्दा साना दलहरु असन्तुष्ट हुने र संशोधनको विपक्षमा जान सक्ने सरकारको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस्