संगीतको भिडियोमा यानीमाया



 

पछिल्लो समय नेपाली लोकगीतको संगीतको क्षेत्रमा सक्रिय संगीतकार तथा गायक संगीत शर्माले आफू र गायिका देवी घर्तीको स्वरमा पञ्चेबाजा गीत यानीमाया हालै सार्वजनिक गरेका छन्।

यानीमाया हो दिलको कसार ठोक बाजा छोप लगन अहिलेकै असार मंसीर नसार बोलको गीतमा हाल वैदेशिक रोजगारीको सिलसिलामा जापानमा रहेका गायक शर्माले यो गीत जापानमै रेकर्ड गराएका हन्। यसको संगीत पनि उनले जापानमै तयार पारेका हुन्।

विशेष गरी पश्चिम नेपालमा विवाहको मौसममा चल्ने चर्चित यस भाकालाई असारमा पर्ने विवाहको मौसम पारेर सार्वजनिक गरीएको जनाइएको छ। यस गीतमा शब्द सिर्जना एकनारायण भण्डारीको रहेको छ।

बी स्टार म्युजिक प्रालिले बजारमा ल्याएको गीतको म्युजिक भिडियोमा मोडल सन्देश शर्मा र सारिका केसीले अभिनय गरेका छन्। विक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा वासु बरालको छायांकन र मिलन विकको सम्पादन रहेको छ। एल्बमको व्यवस्थापन महालक्ष्मी प्रालिले गरेको छ।

प्रतिक्रिया दिनुहोस्