नेपाल मुद्रा संकलकको अध्यक्षमा उपाध्याय



 

काठमाडौं, (नेस)
नेपाल मुद्रा संकलक संघको १२–१३औं वार्षिक साधारण सभाको निर्वाचनबाट शक्ति केसरी उपाध्याय अध्यक्षमा निर्वाचित हुनुभएको छ।

गत शनिबार सम्पन्न उक्त साधारण सभाको निर्वाचनबाट दस जनाको नयाँ कार्यसमिति चुनिएको हो। जसअनुसार आईपी अध्यक्षमा सुबर्णराम जोशी, उपाध्यक्षमा सुरेन्द्र श्रेष्ठ, सचिवमा दिनेश राज मास्के तथा कोषाध्यक्षमा अनिल राज श्रेष्ठ निर्र्वािचत भएका छन्। यस्तै सदस्यहरुमा अभिषेक श्रेष्ठ, दुर्गा भक्त छुंचु, भूमिनन्दन कर्माचार्य, मंगल कृष्ण राजकर्णिकार र विजय राई रहेका छन्।

जावलाखेलस्थित ताम्राकार समाजको भवनमा भएको उक्त कार्यक्रमका अतिथि तथा ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले संघलाई जग्गा उपलब्ध गराउने आश्वासनसमेत दिनुभएको थियो। यस्तै वरिष्ठ पुरातत्वविद सत्यमोहन जोशीले मुद्रणसँग सम्बन्धित कुराहरुमाथि प्रकाश पार्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्