पैसाको थैली



 

नेपालका निजी स्कुलका बारेमा सकारात्मक टिप्पणीभन्दा नकारात्मक टिप्पणी हुने गरेको धरहराले सुनेकै हो।

हैन यी निजी स्कुल सञ्चालकहरूले नियुक्त गरेका प्रिन्सिपलको हर्कत देखेर धरहरा तीन छक परेको छ भन्या। पहिला पहिला एसएलसी पास गरेपछि उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई भारी बोकाउने पुस्तक प्रकाशकले प्रिन्सिपललाई मोटो थैली बुझाई आफ्नो किताब पढाउन बाध्य पारेपछि सरकारले एसएलसी खारेज गरेर एसईई लागू गरेपछि फेरि पुस्तक प्रकाशकहरू प्रिन्सिपलको थैली भर्न मरिहत्ते गर्ने गरेको दृश्यले धरहरालाई काउकुती लागेको छ।

१२ कक्षासम्म सरकारले तोकेको पुस्तक पढाउनुपर्ने नियम भए पनि निजी स्कुलका प्रिन्सिपल भने थैलीको लोभमा विद्यार्थीलाई भारी बोकाउन लागेको देखेर धरहरालाई भने लाज लागेको छ। हैन पैसाका लागि जे पनि त गर्नु भएन नि हो प्रिन्सिपल ज्यूहरू। जनताका छोराछोरीलाई मारेर कमाएको पैसा त्यति फलिफाप हँुदैन भन्छन् बूढाबूढीहरू। बेलैमा विचार गर्ने कि? कि कसो त पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्