महिन्द्राकाको नयाँ शोरुम इटहरीमा



 

काठमाडौं (नेस)
महिन्द्राका युटिलिटी भेइकल्स तथा ट्राक्टरको लागि अग्नि ग्रुपले आफ्नो क्षेत्रीय शाखा कार्यालय विराटनगर लाइन, इटहरीमा शुरू गरेको छ।

महिन्द्राका युटिलिटी भेइकल्स तथा ट्र्याक्टरहरूका लागि पूर्वाञ्चलमा स्थापना गरिएको सो शाखाले आफ्ना डिलर एवम् ग्राहकलाई नजिक ल्याई सरल एवम् सहज सुविधा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ। उक्त शोरुमबाट आफ्ना सम्पूर्ण रेन्जका टु ह्वीलर सवारी, सर्भिसिङ तथा जेन्यून स्पेयर पार्ट उपलब्ध हुने छन्। इटहरीस्थित नयाँ क्षेत्रीय कार्यालय, शोरुम तथा सर्भिस सेन्टरले इटहरी तथा आसपासका बासिन्दालाई न्यूनतम मूल्यमा कम्पनीको गुणस्तरीय सेवा तथा सुविधा पाउनु हुने विश्वास कम्पनीले लिएको छ।

शाखाको शुभारम्भ अग्नि ग्रुपका अध्यक्ष अर्जुन शर्माले गर्नु भएको थियो। अर्जुन शर्माले कम्पनी केवल सवारी बिक्री गर्नतर्फ मात्र केन्द्रित नभई ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयरपार्टको सर्वसुलभतातर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको कुरा उल्लेख गर्नुभयो। चाहिएको बेला सर्वसुलभ तरिकाबाट समयमै ग्राहकलाई स्पेयरपार्ट उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य रहँदै आएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्