मधुको डोली चढ्ने चाहना



 

गायिका मधु क्षत्रीले यसपालि डोली चढ्ने अठोटका साथ तीज गीत सार्वजनिक गरेकी छिन्। मधुले तीज गीत पातै फरर सार्वजनिक गरेकी हुन्।

गीतको म्युजिक भिडियोमा मधुले नै कम्मर मर्काएकी छन्। उनलाई आश्विन मगरले अभिनयमा साथ दिएका छन्। भद्र वलीको शब्द र संगीत रहेको गीतको भिडियोलाई वासु बरालले छायांकन गरेका हुन् भने सम्पादन राजेशकुमारले। थुप्रै गीतमार्फत् दर्शक–स्रोताको मन जित्न सफल मधुको केही महिनाअघिको ब्युटी ब्युटी छले राम्रै चर्चा पाएको थियो। गत ७ वर्षदेखि आफ्ना गीत प्रस्तुत गर्न थालेकी मधुले सबैखाले गीत गाउने गरेकी छन्। तर, उनको पहिचान भने लोकगीत रहेको छ।

प्रतिक्रिया दिनुहोस्