केन्द्रीय सदस्य सुमार्गीको स्वागत



 

हेटौंडा,(नेस) । मकवानपुर उद्योग वाणिज्य संघले संघका पूर्वअध्यक्ष अरुणराज सुमार्गी नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य मनोनित भएकोमा बधाइ तथा शुभकामना दिएको छ ।

बधाइ कार्यक्रममा केन्द्रीय सदस्यसमेत रहेका संघ अध्यक्ष राजकुमार न्यौपानेले महासंघमा जिल्लाको समग्र विकासका लागि दुवै जनाको भूमिका रहने बताए । कार्यक्रममा सुमार्गीले निकट भविष्यमा महासंघमार्फत् व्यवसाय प्रवद्र्धनका लागि जिल्लाबाट विभिन्न स्थानको भ्रमणमा सहभागिता जनाउन आग्रह गरे ।

कार्यक्रममै महिला उद्यमी विकास समितिको आयोजनामा शुरु २ महिने व्युटीपार्लर र १ महिने उलन सामग्री बनाउने तालिम हेटौंडा उपमहानगर उपप्रमुख मीना लामाले उद्घाटन गरेकी थिइन् । समिति सभापति निलम पाण्डेको सभाध्यक्षतामा भएको कार्यक्रममा उपमेयर लामाले उपमहानगरले महिलाद्वारा सञ्चालित व्यवसायको लगत संकलन कार्य अघि बढाएको र लगत संकलनपछि महिला उद्यमीका लागि प्याकेजमा कार्यक्रम ल्याउन लागिएको जानकारी गराइन् ।

प्रतिक्रिया दिनुहोस्