भरतपुर प्रकरण आजपनि टुंगो लागेन, अर्को सुनुवार्इ ८ साउनमा



काठमाडौं, २ साउन । चितवनको भरतपुर महानगरपालिका प्रकरणमा सर्वोच्च अदालतले आजपनि फैसला गर्न सकेन । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सोमबार सुरु भएको सुनुवार्इ समय अपुग भएपछि मुद्दाको फैसला सरेको हो ।

आजको इजलासमा बादी तर्फबाट अधिवक्ता टीकाराम भट्टराईले बहस गरेका थिए ।

भरतपुरको १९ नम्बर वडामा पुनः मतदान गर्ने पुनः गणना भन्ने विवाद कायम छ । मतगणनाको क्रममा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरिसकेको छ । तर, विपक्षी दल नेकपा एमालेले यसमा असन्तुष्टि जनाउँदै आएको छ ।

यही बीचमा अधिवक्ता तुलसीराम पाण्डे र नेकपा एमालेको भरतपुर १९ को खुलातर्फबाट वडा सदस्यका उम्मेदवार गुञ्जमान विश्वकर्माले भरतपुरमा पुनः मतदान गराउन नहुने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । तर, उक्त रिटमा आज पनि फैसला हुनसकेन् ।

कांग्रेस–माओवादीकी साझा उम्मेदवार प्रचण्डपुत्री रेणु दाहाल र एमालेका देवी ज्ञवालीबीच प्रतिस्पर्धा रहेको भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि मुद्दा अदालत पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्