सल्यानको सल्लीबजारमा बाढि पस्यो, आधा दर्जन पसल डुवानमा



सरिता चलाउने, सल्यान ।
जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका सल्लीबजार स्थित गैरीबजारमा बाढि पसेको छ । हिजोदेखि परेको अविरल वर्षाका कारण बन्गाड खोलमा आएको बाढि गैरीबजारमा पसेको हो ।

बाढि बजारमा पस्दा आधा दर्जनबढि पसलहरु डुवानमा पर्नुका साथै लाखौको धनमाल बगाएको छ । बाढिले पुस्कर विसी, लाल बहादुर शाही, हरि विक, हरि ग्रिल उद्योग, विनिता नास्ता पसल, मेघराज गिरी, दिनेश पुनको घर तथा पसलमा बाढि पस्दा लाखौको क्षति पु¥याएको पिडित पुस्कर विसीले बताउनु भयो । राती करिब ३ बजेतिर बजारमा बाढि पसेको स्थानीयको भनाई रहेको छ ।

बन्गाड खोलामा आएको बाढि बजारमा पसेपछि व्यापारी तथा स्थानीय त्यहाँबाट विस्थापित भएका छन् । खोलामा भरपर्दो तटबन्ध नहुँदा वर्षौसाल बाढि बजारमा पसी लाखौको क्षति गर्ने गरेको व्यापारीहरुको भनाई रहेको छ । हालसम्म मानविय क्षति नभएपछि वर्षैपिच्छे लाखौको क्षति हुदै आईरहेको हरि विकले बताउनु भयो ।
छिन्छु जाजरकोट सडक अवरुद्ध
यस्तै बन्गाड खोलामा आएको बाढिका कारण छिन्छु जाजरकोट सडक खण्डमा सञ्चालन हुने यातायातका साधनहहरु वारपार गर्न सकि रहेका छैनन् । ठाडो खोला भएका कारण पानीको बहाव अत्याधिक रहेको यातायात व्यवसायीहरुको भनाई रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्