फेसबुकमा चिनजान, भेट्न बोलाएर बलात्कार



नेपाल समाचारपत्र, बाँके ।
फेसबुकबाट चिनजान । रमाइला कुराकानी । बाँकेको कोहलपुरमा भेट्ने पक्कापक्की भयो । किशोरी घरबाट कोहलपुर आइन् । कोहलपुरमा दुवैको भेट भयो ।

जुम्लाका २१ वर्षीय विनोद नेपालीले किशोरीलाई कोठामा लग्यो । कोठामा पुगेपछि युवकले दानवी रुप देखायो । किशोरीलाई बन्धक बनाएर दुई रात बलात्कार ग¥यो । त्यतिमात्रै नभएर किशोरीको आमालाई फोन गरेर युवकले ५० हजार फिरौती माग्यो ।

२९ गते किशोरी घरबाट निस्केकी थिइन् । ३० गते बिहान युवकले आमालाई फोन गरेर फिरौती माग्यो । ३० गते नै कोहलपुर प्रहरीमा किशोरी अपहरणमा परेको उजुरी प¥यो । प्रहरीले मोबाइल ट्रयाप गरेर ३१ गते युवकलाई पक्राउ ग¥यो ।

कोहलपुरमै कोठामा बन्धक बनाएर राखेको अवस्थामा किशोरी फेला परिन् । युवकले किशोरीलाई कोठाभित्रै दिसा–पिसाव गराएको भेटियो । ‘प्लाष्टिकका बाटामा दिसा र पिसाव थियो, इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी निरीक्षक नवराज पोखरेलले भन्नुभयो ।

नेपाली नेपाली सेनाका भगौडा हुन् । विवाहित नेपालीको दाम्पत्य जीवन सुखद रहेको छैन । ‘कोठा परिवर्तन गरिरहने र किशोरीहरुलाई फेसबुकमार्फत चिनजान गरेर गलत काम गर्ने गरेको देखिन्छ, प्रहरी निरीक्षक पोखरेलले प्रारम्भिक अनुसन्धान सुनाउनुभयो ।

युवती अपहरणमा परेको उजुरी आएपछि बाँकेका प्रहरी प्रमुख एसपी टेकप्रसाद राई आफै तातिएका थिए । युवक र किशोरी पक्राउ परेपछि एसपी राईले युवकलाई केरकार गर्नुभयो । ‘युवकले लभ परेको बताएको छ, फेसबुकहरु हेर्दा त्यो मान्छे गलत छ भन्ने देखिन्छ, एसपी राईले भन्नुभयो । युवकको फेसबुकमा किशोरीहरुमात्रै साथी रहेका छन् । श्रीमतीलाई भगाएपछि युवकले फेसबुकमार्फत किशोरीहरुलाई फसाउने धन्दा शुरु गरेको प्रहरीको बुझाई छ ।

कोहलपुर प्रहरीले युवकलाई म्याद थप गरिसकेको छ । अपहरण, शरीर बन्धक, जबरजस्ती करणीमा मुद्दा चलाउने तयारी गरेको छ । फेसबुकमार्फत साथी बनेर माया प्रेम या विवाह गर्ने प्रलोभनमा पारेर किशोरीहरुलाई जोखिमपूर्ण यात्रामा लगेको घटना धेरै आउने गर्दछ । दलाल या उसको पहुँचमा रहेका व्यक्तिले यस्तो धन्दा नै चलाएको मानव बेचबखिन तथा ओसारपसारविरुद्ध काम गर्ने संघ संस्थाहरुको रिपोर्टले देखाउँछ । भर्खरै–भर्खरै मोबाइलमा फेसबुक चलाउन सिकेका ग्रामीण किशोरीहरु अपरिचितसँग साथी बनेर गफिन रहर मान्ने गरेको पाइएको छ । फेसबुक र मिसकलबाट चिनजान भएका रिलेसनमा प्रायः अप्रिय घटना नै भएको प्रहरीको भनाई छ ।

यसैबीच, श्रीमती मार्ने मो. अफ्ताव बेडवालाई कडा कारबाहीको माग राख्दै महिला अधिकारकर्मीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । सधैं कचकच गरी भनेर बेडवाले जेठी श्रीमतीलाई साउन २६ गते हत्या गरेका थिए । महिला अधिकारीकर्मीहरुले जिल्ला प्रशासन कार्यालय पुगेर अभियुक्तलाई कडा कारबाहीको माग राख्दै प्रमुख जिल्ला अधिकारी रविलाल पन्थलाई ज्ञापन पत्र बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्