काठमाडौंमै ट्याक्सी चोरको विगविगी, जुस किन्दा किन्दै ट्याक्सी गायव



प्रशान्त वली, काठमाडौं ।
तनहुँको व्यास –१४ निवासी शिवहरी पन्तको ट्याक्सी हेर्दा हेर्दै गायब भएको छ । काठमाडौं दरवारमार्ग महेन्द्र शालिक नजिकैबाट गत असार ३१ गते विहान पौने दुई वजे ट्याक्सी हराएको हो । पन्त जुस किन्न नजिकैको पसलमा पुग्न नपाउँदै उनको ट्याक्सी गायव भएको समाचारपत्रलाई जानकारी दिएका छन ।

काठमाडौं दरवारमार्ग महेन्द्र शालिक नजिकै गत असार ३१ गते विहान दुई वजे यात्रुले ट्याक्सी चालकलाई जुस किन्न पठाएको समयमा बा २ ज ११२१ नम्वरको ट्याक्सी गायव भएको उनले बताएका छन । दुई जना यात्रुले वानेश्वर र मैतिदेवी जान्छु भन्दै ट्याक्सीमा चढी आफुलाई जुस किन्न पठाएको र फर्किदाँ ट्याक्सीनै गायव भएको ट्याक्सी चालक पन्तले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

पन्तले ट्याक्सीको खोजीका लागी सवैसँग आग्रह गरेका छन । उनले ती दुवै यात्रुले मादक पदार्थ सेवन गरेको पनि बताएका छन । पन्तले विगत ८ वर्ष देखि ट्याक्सी चलाउँदै आएका छन ।

 

प्रतिक्रिया दिनुहोस्