भरतपुर प्रकरण:सर्वोच्चमा आज सुनुवाई हुँदै



काठमाडौ (नेस) ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादमा आज सर्वोच्चमा सुनवाई हुँदैछ।

न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मुद्दाको सुनुवाई गर्दैछन्।

अदालतको आदेश अनुसार वडा नं १९ मा च्यातिएका ९० थान मतपत्र पनि सर्वोच्चको इजलासमा आज खुल्नेछ। असार १३ गते च्यातिएका मतपत्र भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वोच्चमा पेस गरेको थियो।

अदालतको असार ६ गतेको आदेश अनुसार च्यातिएका मतपत्र सर्वोच्चमा पेस भएका हुन्।

जेठ १४ गते मध्यरातमा मतगणना जारी रहेको बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो ।

भरतपुरका २९ मध्ये २७ वडाको गणना सम्पन्न भइसेको छ। मतपत्र च्यातिएको वडा १९ को मतगणना पनि अन्तिम चरणमा रहको थियो।

प्रतिक्रिया दिनुहोस्