जनप्रतिनिधीले गरे लोकप्रिय काम, भोज भतेरको खर्च बिद्यालयमा अक्षयकोष



अनिल खत्री,गुल्मी ।
चुनावपछि जितेका जनप्रतिनिधीहरु अझै भोज भतेर मै अड्किएका छन् । तर केहि त्यस्ता जनप्रतिनिधी छन् । जसले फजुल खर्चलाई समाज सेवामा लगाएर जनता माझ लोकप्रिय बन्दैछन् ।

रेसुंगा नगरपालिका ७ का वडाध्यक्ष मोहन प्रसाद पाण्डे भोज भतेरमा गरिने अनावश्यक खर्चलाई बिद्यालयको अक्ष्यकोषमा राख्ने निर्णय गरेका छन् ।

उक्त वडा भित्रका तीन वटा प्रावीलाई पाण्डेयले १५÷१५ हजारका दरले सहयोग गरेका छन् । सोमवार एक कार्यक्रमका बिच २०४१ सालमा स्थापना भएको नवज्योति प्रावि नेटा, २०३९ सालमा स्थापना भएको अर्जुन प्रावि कुडापानी र २०४७ सालमा स्थापना भएको सृजना प्रावि भुजेलखर्कलाई उनले सहयोग गरेका हुन् । सदरमुकाम नजिकै रहेपनि ती बिद्यालयहरु बत्ति मुनिको अध्याँरो जस्तै भैरहेका छन् ।

जुन बिद्यालयहरुमा गरिव र बिपन्न परिवारका थुप्रै बिद्याथीएहरुले पठन पाठन गर्ने गर्दछन् ।

लामो समयसम्म पनि स्तरबृद्धि भैरहेको छैन् । ‘पहिलेबाटै बिद्यालय र बिद्यार्थीका समस्यासंग नजिक थिए,’ पाण्डेले भने,‘यो व्यतिmगत सानो सहयोग हो,जनप्रतिनिधीको हिसावले धेरै गर्नेछु ।’ उनले आगामी दिनमा त्यस्ता गरिव तथा जेहेन्दार बिद्यार्थी र बिद्यालयहरुको उन्नती र प्रगतीका लागि सवै निकायर सरोकारवालासंग योजनाबद्ध रुपमा लाग्ने बताए ।

उनले ती बिद्यालयमा अध्ययन गर्ने बालबालिकाको लागि भनेर ‘यमकान्त मनकली पाण्डे गरिव तथा जेहेन्दार छात्रवृती अक्ष्यकोष’ नै निर्माण गरेका छन् । कोषलाई बढाउँदै लैजाने र त्यसको व्याजबाट बिपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिने पाण्डेले बताए ।

कुनै सरकारी सुविधा नखाने बताएका उनले केहि समय अगाडी आफुले पाएको सरकारी भत्ता समेत कृषकलाई प्रदान गरेका थिए ।

अक्ष्यकोषको चेक बुझ्रदै नवज्योति प्राविका प्रध्यानाध्यापक गोकर्ण फुल्देलले पैसाको मुल्य भन्दा हिम्मत र हौसला नै प्रमुख कुरा भएको बताए ।

त्यस्तै सृजना प्रावि भुजेलखर्कका शिक्षक चन्द्र चुँदराले यो सहयोग दलित समुदायका बालबालिकाको हित र भविष्यको लागि एउटा इटा बन्ने अपेक्षा व्यक्त गरे ।

वडाध्यक्ष पाण्डेय सहित सवै जनप्रतिनिधीहरुलाई नवज्योेति प्राविमा स्वागत तथा अभिनन्दन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्