फेडेररलाई आठौ पटक विम्बलडन



 

लन्डन, एजेन्सी
टेनिस विश्व वरियताका शीर्ष तेस्रोमा रहेको स्विस खेलाडी रोजर फेडेररले कीर्तिमानी आठौ पटक विम्बलडन टेनिसको उपाधि उचालेका छन।

लन्डनमा जारी विम्बलडन प्रतियोगिताको आइतबार भएको पुरुष एकलतर्फको फाइनलमा फेडररले क्रोएसियाका मरिन सिलिचलाई ६–३, ६–१, ६–४ ले हराउँदै उपाधि उचालेका हुन। योसँगै विम्बलडन टेनिसको उपाधि आठ पटक जित्ने फेडरर एक्लो खेलाडी बनेका छन। १ घन्टा ४१ मिनेटसम्म चलेको उक्त फाइनलमा फेडररले बाजी मारेका हुन। सोही क्रममा सिलिचको बायाँ खुट्टाको पैतालामा पानी समेत जमेको थियो। ३५ वर्षीय फेडरर विम्बलडनको उपाधि जित्ने पाको खेलाडी समेत बनेका छन। यसअघि उनले सन २०१२ मा सातौ पटक विम्बलडनको उपाधि जितेका थिए। जितपछि फेडररले भन– ‘खुट्टामा असहज हुनाका बावजूद सिलिचले उत्कृष्ट प्रदर्शन गर्यो। उनी नायक हुन।’

प्रतिक्रिया दिनुहोस्