वायुसेवा निगमको अनलाइन बुकिङ



 

नेपासमाचारपत्र
काठमाडौं
नेपावायुसेवा निगम आइतबारदेखि अनलाइन बुकिङ प्रणालीमा प्रवेश गरेको छ। अब निगमका यात्रुले अन्तर्राष्ट्रियस्तरमा प्रचलित ईकार्ड प्रयोग गरी विश्वको जुनसुकै भागबाट पनि नेपाएयरलाइन्सको टिकट बुकिङ गर्न सक्ने छन्।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवम् निगम सञ्चालक समितिका अध्यक्ष शंकरप्रसाद अधिकारीले अनलाइन बुकिङ सेवाको उद्घाटन गर्नुभयो। उहाँले व्यवस्थापन सुधारको एउटा अंग सूचना प्रविधिको पूर्ण एवम् उपयोगी प्रयोग पनि हो भन्नु हुँदै त्यसतर्फ थप प्रयास रहन आवश्यक रहेकोमा जोड दिनुभयो ।

निगमका अनुसार हाललाई विदेशी मुद्राको अन्तर्राष्ट्रिय कार्डको प्रयोग गरी टिकट बुकिङ हुनेछ। नेपाली मुद्रामा पनि चलाउन प्राविधिक पक्षमा केही परिवर्तन गरी अनलाइन बुकिङ प्रणालीमा आबद्ध गरिने र यसका लागि केही समय लाग्ने निगमले जनाएको छ।

उक्त अवसरमा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगम नयाँ–नयाँ प्रविधिलाई सेवामा समावेश गरी पूर्ण प्रतिस्पर्धामा जाने योजनासहित अघि बढेको बताउनुभयो। उहाँले अनलाइन बुकिङमा समावेश गर्न पाएकोमा खुसि व्यक्त गर्नुभयो।भारतको वर्ड इन्फर्मेसन सिस्टम तथा थाइल्यान्डको टुसीपीसी कम्पनीको प्राविधिक सहभागितामा इन्टरनेट बुकिङको थालनी गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्