यो हो नि काइदा



 

प्रधानमन्त्रीलाई भेटेर आइतबार महिला सांसदहरूले ३३ प्रतिशत महिलालाई मन्त्री बनाउनुपर्ने माग राख्नुभएको छ। उहाँहरूको मागलाई धरहरा अन्यथा ठान्दैन। यो गर्नु पनि पर्छ। हिजो धरहराले दुरबिन घुमाउँदै जाँदा यसरी ज्ञापनपत्र बुझाउनेमा प्रम पत्नी डा. साब पनि पो हुनुहुँदोरहेछ। यो देखेर धरहरालाई पनि रमाइलो लाग्यो। अब पत्नीले नै भनिसकेपछि प्रधानमन्त्रीले कसो नमान्नुहोला ?

अब जान्ने हो भने युवाहरूको पनि एउटा संगठन बनाएर जयवीरलाई नेतृत्व दिनुपर्छ। छोराले गएर पिताजीसँग माग राखेपछि नसुन्ने कुरै छैन। युवाहरूलाई ५० प्रतिशत मन्त्री बनाइयोस् भनेर माग राख्ने त्यसपछि त मन्त्रीमा युवैयुवा। क्या मज्जा⁄ यो हो नि काइदा। अरु संगठनले पनि यस्ता कुरा बुझे पो मुलुक बन्छ। खोई कसैले बुझेको होइन। कि कसो पाठकबृन्द !

प्रतिक्रिया दिनुहोस्