कोरियामा प्रतिज्ञा र संगीतालाई स्वर्ण



 

काठमाडौं, (नेस)
दक्षिण कोरियाको मुजु शहरमा भएको ११औँ वल्र्ड कल्चरएक्स्पोमा नेपालका लागि प्रतिज्ञा भण्डारी र संगिता बस्यालले स्वर्ण जितेका छन्।

कोरियाको मुजु शहरमा भएको च्याम्पियनसिपको फाइटतर्फ राष्ट्रिय खेलाडीद्वय प्रतिज्ञाले ७६ केजी तौसमूह र संगीताले ६३ केजीमा स्वर्ण हात पारे। आइतबार भएको फाइटतर्फ ६७ केजी तौलसमूहको फाइनलमा प्रतिज्ञाले अमेरिकाकी खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन्। सेमिफाइनलमा प्रतिज्ञाले फिलिपिन्सलाई हराउँदै फाइनयात्रा तय गरेकी थिइन्। महिलाकै फाइटको ६३ केजीमा संगीताले सेमिफाइनलमा थाइल्यान्डकी खेलाडी र फाइनलमा अमेरिकाकी खेलाडी हराउँदै स्वर्ण हात पारिन्।

त्यस्तै पुम्सेको भेट्रानतर्फ ४४ वर्षमाथिको ५ डानसम्म नेपालका कोसिस खड्काले स्वर्ण र रोशन खानले रजत पदक हात पारे। कोसिस फाइनलमा इजिप्टका खेलाडीसँग पराजित भएका थिए। यद्यपि इजिप्टका खेलाडीमाथि परेको प्रोटेस्टमा आयोजकले निर्णय गर्दै कोसिसलाई स्वर्ण दिएका थिए। सेमिफाइनलमा उनीसँगै पराजित भएका नेपालका रोशनलाई पनि आयोजकले रजत पदक प्रदान गर्यो। ४४ वर्षमाथिकै ६ डानको पुम्सेमा नोर्बु लामाले रजत पदक जिते।

फाइनलमा इजिप्टका खेलाडीसँग पराजित हुँदा उनी रजत पदकमै सीमित भए। त्यसै गरी ४४ केजीमुनिको तेस्रो डान पुम्सेमा नेपालकै गोपाश्रेष्ठले रजत पदक जिते। फाइनलमा अमेरिकाका खेलाडीसँग पराजित भएपछि गोपालको यात्रा रजत पदकमै सीमित भए। उक्त प्रतियोगिता १८ जुलाइसम्म मुजुमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्