आर्थिक वर्षको पहिलो कारोबारमा उतारचढाव



 

नेपासमाचारपत्र
काठमाडौं
आर्थिक वर्ष २०७४⁄७५ को पहिलो दिन आइतबार शेयर बजारमा उतारचढाव देखिएको छ। नयाँ आर्थिक वर्ष शुरू भएको दिन नेप्से परिसूचकमा शून्य दशमलव ९ अंकको सुधार आएको हो। १ हजार ५ सय ८२ दशमलव ६७ को अंकबाट शुरू भएको बजार परिसूचक केही समयकै अन्तरालमा बढ्ने घट्ने गरेको थियो। दिनभरि नै असन्तुलित देखिएको बजार परिसूचक अन्ततः १ हजार ५ सय ८३ दशमलव ५७ को बिन्दुमा रोकियो।

परिसूचक बढे पनि आइतबार कारोबार रकममा भने गिरावट आयो। आइतबार शेयर बजारमा १ सय ४९ कम्पनीका १२ लाख ९४ हजार २ सय ५९ कित्ता शेयर ६८ करोड १२ लाख ६२ हजार ५ सय २१ रुपियाँमा कारोबार भयो। कारोबार रकम गत साताको अन्तिम दिनभन्दा ६ करँेड ५० लाख कम हो। बिहीबार बजारमा ७४ करोड ६२ लाखभन्दा बढीको कारोबार भएको थियो।

यस्तै आइतबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३३ अंकले बढेर ३ सय ३६ दशमलव ३७ को बिन्दुमा पुगेको छ।

आइतबार कारोबारमा आएका ८ मध्ये ३ समूहका परिसूचक सकारात्मक रहे। बढ्नेमा वित्त समूह सर्वाधिक १० दशमलव ९३ अंकले बढ्यो। त्यस्तै बैंकिङ तथा बीमा समूहमा क्रमशः २ दशमलव ४१ र १ दशमलव ४८ अंकको सुधार आए।

आइतबार जदविद्युत् समूह ८ दशमलव ९१ अंककले घट्यो। त्यस्तै होटल, विकास बैंक र उत्पादनमुलक समूहमा पनि क्रमशः ५ दशमलव ८२, शून्य दशमलव ४४ र शून्य दशमलव २१ अंकका गिरावट आए, अन्य समूह पनि ५ दशमलव ५ अंकले घट्यो।

आइतबार सबैभन्दा धेरै कारोबार सूर्य लाइफ इन्स्योरेन्सका संस्थापक शेयरको भयो। कम्पनीका ४ लाख ३८ हजार २ सय ६४ कित्ता शेयर २४ करोड ६ लाख ६ हजार ९ सय ३६ रुपियाँमा कारोबार भए। त्यस्तै कारोबार रकमका आधारमा फवार्ड कम्पनी माइक्रोफाइनान्स वित्तीय संस्था र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

आइतबार सबैभन्दा बढी कुबेर मर्चेन्ट फाइनान्सका शेयरधनीले कमाएका छन्। कम्पनीको शेयर मूल्य ९ दशमलव ४९ प्रतिशतले बढेको छ। त्यस्तै रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका शेयरधनीले सबैभन्दा बढी ७ दशमलव ३७ प्रतिशत गुमाए।

यसैबीच आइतबारबार धितोपत्रको सार्वजनिक निष्काशनमा आस्बा प्रणाली कार्यान्वयनमा आएको छ। गत माघदेखि आस्बा प्रणाली ऐच्छिक रूपमा कार्यान्वयन भए पनि नयाँ आर्थिक वर्ष लागेसँगै आस्बा अनिवार्य बनाइएको हो।
नेपाधितोपत्र बोर्डले हिजोदेखि आस्बा अनिवार्य गरेसँगै धितोपत्रको सार्वजनिक निष्काशन तथा बाँडफाँट प्रक्रिया २० दिनमै पूरा हुने भएको छ। यो समय विगतका दिनभन्दा भन्दा ५० दिन चाँडो हुने बताइएको छ। नयाँ प्रणालीसँगै धितोपत्र निष्काशन तथा बाँडफाँड प्रक्रिया सरल, व्यवस्थित तथा पारदर्शी हुने छ।

प्रतिक्रिया दिनुहोस्