लाखौं भ्रष्टाचार गर्ने ठेकेदार सास्ती भोग्ने सर्वसाधारण



 

धनवीर दाहाल, रुकुम
सडक कालोपत्रे गर्दा गुणस्तरहीन सामग्री प्रयोग गरेपछि यति बेला सल्यानको श्रीनगरदेखि रुकुम मुसिकोटसम्मको सडक जीर्ण बन्दै गएको छ। राम्रो सामग्री प्रयोग गरेको भनी कमसखालको सामग्री प्रयोग गरेपछि कालोपत्रे उप्किएको छ।

सडक ओटासिगरेको ३ वर्ष नबित्दै ठाउँठाउँमा भत्किएर नालीमा परिणत भए पनि कसैको चासो नगएको भन्दै रुकुमका नागरिकले निकै चित्त दुखाएका छन्। राप्ती लोकमार्गअन्तर्गत रुकुम सल्यान खण्डको ठाउँठाउँमा सडक भत्किएको छ। रुकुम सदरमुकाम नजिकैको सडक पनि नराम्रोसँग भत्किएको छ। सडक नालीमा परिणत भएपछि निकै समस्या हुँदा पनि सरोकारवालाको ध्यान नपुगेको स्थानीयले बताएका छन्।

सडक ओटासिगर्ने ठेकेदारले कमससामग्री प्रयोग गरेकै कारण यस्तो सास्ती भोग्नुपरेको यातायात व्यवसायीहरूको भनाइ छ। सडकमा खाल्डाखुल्डी भएकाले निकै जोखिम मोलेर यातायात सञ्चालन भइरहेका छन्। यस्तै लगातारको वर्षात्का कारण रुकुमका विभिन्न सडक अवरुद्ध भएका छन्। ग्रामीण सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने राप्ती लोकमार्गअन्तर्गतका सडकहरू अनियमित भएका छन्।

वर्षा शुरू भएसँगै जिल्लाभित्रका विभिन्न ठाउँमा सञ्चालन हुने सडक अवरुद्ध बनेका हुन्। वर्षाको मौसम सक्रिय बनेसँगै जिल्लाका विभिन्न सडकमा पहिरो झर्ने तथा पानीले सडकको विभिन्न ठाउँमा चिरेपछि गाडी सञ्चालनमा असहजता पैदा भएको हो। सडकको छेउछाउमा नाला नकाट्नाले सबै पानी सडकमा बगेर सडक भत्कने गरेको छ। खोलानाला बढेकाले पनि यात्रा जोखिम बन्दै गइरहेको हो। सडक अनियमित बन्दा सदरमुकाम आउने तथा सदरमुकामबाट फर्किने यात्रुका लागि समस्या भएको छ भने दैनिक उपभोग्य सामग्री ढुवानीमा पनि असहजता आएको छ।

सडक अनियमित बनेसँगै जिल्लाका विभिन्न बजारमा महँगी बढ्ने भन्दै उपभोक्ता चिन्तामा परेका छन्। गाडी सञ्चालन नहुँदा दोब्बर मूल्यमा दैनिक उपभोग्य सामग्री खरिद गर्नुपर्ने बाध्यतामा स्थानीय उपभोक्ता रहेका छन्। राप्ती लोकमार्गअन्तर्गत रुकुमको झुल्नेटा नजिकै सडक भासिएपछि गाडी आवातजावतमा समस्या भएको छ। गाडीहरू जोखिम मोलेर पहिरो हटाउँदै आवतजावत गरिरहेका छन्। यसै गरी स्रिम्रुतुको खोलामा ठूलो पानी पर्दा गाडी तर्न नसक्दा समस्या हुने गरेको छ। पानी रोकिँदासम्म कुर्नुपर्ने अवस्था आएको गाडी चालकको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्