घूस लिने नयाँ तरिका ५ सय नदिए फाइनै नभेटिने रोग



 

यमलाभुसाल, बुटवल
गएको हप्ता मोटरसाइकनामसारी गर्न आएका कपिलवस्तु लबनीका असलम सिद्धिकी २ दिनसम्म फाइखोज्दैमा हैरान परे। तर त्यहींकै एक कर्मचारीको सल्लाहमा तेस्रो दिन सोही शाखाका कार्यरत विष्णु खनाललाई ५ सय रुपियाँ दिएको केही मिनेटमै उनको फाइभेटियो र सोही दिन मोटरसाइकनामसारी गरे।

गत असार २८ गते भैरहवाकी झमकला रायमाझीले लु१२प ५१६५ नम्बरको मोटरसाइकनामसारी गर्न यातायात पुगिन्। उनी फाइस्टोर शाखा पुरानो ६ नम्बरमा दिनभरि बसिन् तर उनको फाइभेटिएन। सोही शाखाका कर्मचारी खनालले फाइखोजिदिन भन्दा उल्टै थर्काए। उनको फाइअझैसम्म भेटिएको छैन।

यी प्रतिनिधिमूलक घटना हुन् लुम्बिनी अञ्चयातायात व्यवस्था कार्यालय बुटवलको। सो कार्यालयमा भ्रष्टाचार भएको प्रमाणसहित बारम्बार विभिन्न मिडियामा समाचार आउँछन् र अख्तियारले समेत छापा मारिरहन्छ। तर अहिलेसम्म उक्त कार्यालयका कर्मचारीले सेवाग्राहीसँग घूस असुल्न छोडेका छैनन्। कार्यालयमा प्रमुखले करारमा कर्मचारी नियुक्त गरेर सेवाग्राहीसँग अतिरिक्त रकम असुलिरहेको एक ड्राइभिङ व्यवसायीले नाम नबताउने सर्तमा बताएका छन।

उनले भने– ‘स्थायी कर्मचारीले घूस लिँदा खतरा हुने भएकाले करारको कर्मचारी नियुक्ति गरेर सेटिङ मिलाइरहेका छन।’ यसरी सेवाग्राहीसँग सिधै घूस मागेको सम्बन्धमा कार्यलयका निमित्त प्रमुख कमज्ञवालीलाई सम्पर्क गर्दा उहाँले कार्यालयमा नाजायज काम नभएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘हाम्रो कुनै पनि कर्मचारीले यदि सेवाग्राहीसँग घूस लिएको थाहा पाइयो भने तत्काकानुनअनुसार कारबाही गर्न हामी तयार छौं।’

यातयात कार्यालयमा साढे ३ सय फाइरहेको र सो खोज्न समय लागेको हुन सक्ने मोटरसाइकफाँटका अधिकृत ईश्वरी रेग्मीले बताउनुभयो। उहाँले घुमाउरो तरिकाले फाइखोज्ने कर्मचारी खनालको बारेमा यसअघि पनि पटकपटक गुनासो आएकाले उहाँलाई सचेत गराउने बताउनुभयो। जनताको काम गर्न बसेका कर्मचारीले पैसा नपाए फाइलै गायब गरिदिने समेत गर्दा रहेछन् भन्ने कुरा यातायात कार्यालयबाट देखिएको छ। पैसा पाए तत्काभेटिने फाइपैसा नपाए जति खोज्दा पनि नभेटिनेले गर्दा यातायात कार्यालय घूसखोरीको अड्डा नै बनेको छ।

प्रतिक्रिया दिनुहोस्