उजनले ल्याए मायाको खेल



 

गायनमा संघर्षरत झापाका गायक उजन नेम्वाङको नयाँ गीत मायाको खेम्युजिक भिडियोसहित सार्वजनिक भएको छ। गौरदहको बजारैमा, पोखराको तालैमा जस्ता गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा स्थापित भएका गायक नेम्वाङले उक्त गीत ढाका टोपी नेपानामक युट्युब च्यानलको निर्माणमा सोही च्यानलबाट सार्वजनिक गरेका हुन्।

राजुबाबु श्रेष्ठको शब्द र ताङ्साङ नेम्वाङको संगीत रहेको उक्त गीतमा बंगलादेशी चर्चित गीतारिस्ट तथा अरेन्जर अभिजित चक्रवर्तीको अरेन्ज गीतार वर्क गरेका छन्। गायक उजनले निर्देशन गरेको यो म्युजिक भिडियोमा अहिले समाजमा धेरै परिवारभित्र भएका विसंगतिलाई समेटेर सानो सन्देश दिने कोशिस गरेको जनाए।

मोडलद्वय प्रिया रानी लामा, दृश्य सुवेदी र रवी शर्माको अभिनय रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन र निशान घिमिरेको सम्पादन छ।

प्रतिक्रिया दिनुहोस्