आलिया र वरुणको मस्ती



 

आलिया भट्ट र वरुण धवनले पछिल्लोपटक अभिनय गरेको फिल्म बद्रीनाथकि दुल्हनियामा उनीहरूको जोडीलाई धेरैले मन पराए। फिल्मले बक्स अफिसमा पनि रामै्र व्यापार गर्न सफभयो। तीनै दुई जनाको जोडीले पुनः एकपटक स्क्रिन शेयर गर्ने भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार आलिया र वरुणले अभिषेक वर्माको रोमान्टिक ड्रामामा आधारित फिल्म सिद्दतमा मस्ती गर्ने भएका हुन्। उक्त फिल्ममा दुई अभिनेता हुनेछन्। जसमा दोस्रो अभिनेताका लागि आदित्य रोय कपुर र अर्जुन कपुरको नाम चर्चामा छ। फिल्मको सुटिङ अर्काे वर्षदेखि शुरु हुने बताइएको छ।
बलिउडमा आलिया र वरुणको जोडीलाई हिट जोडीको रूपमा लिइन्छ। यी दुईले अहिलेसम्म तीन फिल्ममा सँगै काम गरेका थिए भर्ने तीनवटै फिल्म हिट भए। पहिलोपटक स्टुडेन्ट अफ द इयरमा देखिएको यो जोडीले त्यसपछि हम्पटी शर्माकि दुल्हनिया र बद्रीनाथकि दुल्हनियामा काम गर्दा दर्शकले उत्तिकै रुचाए पनि। अब फिल्म सिद्दत मा यो जोडी कत्तिको जम्ला? त्यो भने हेर्न बाँकी नै छ।

प्रतिक्रिया दिनुहोस्