सिक्किमका पूर्वमुख्यमन्त्री भण्डारी रहेनन्



 

नयाँ दिल्ली, (एजेन्सी)
सिक्किममा तीनपटक मुख्यमन्त्री भएका नरबहादुर भण्डारीको आइतबार दिउँसो ७६ वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि विभिन्न रोगले पीडित थिए। भण्डारी सन् १९७९ देखि १९९४ सम्म लगातार सिक्किमको मुख्यमन्त्री भएका थिए। उनको नेपार नेपालीसँग समेत विशेष सम्बन्ध रहेको थियो।

उहाँको निधन कुन रोगका कारणले भएको भनेर आइतबार साँझसम्म पनि थाहा हुन नसकेको गान्तोकका पत्रकार सन्दिप साम्पाङ राईले नेपासमाचारपत्रलाई बताउनुभयो। सिक्किमको पश्चिमी क्षेत्र मालबेंसी गाउँमा सन् १९४० मा जम्मिनुभएका उहाँ २७ वर्षको उमेरदेखि राजनीतिमा सक्रिय रहनुभएको थियो। केही वर्ष शिक्षण पेशामासमेत आवद्ध भण्डारीले सन् १९७७ मा सिक्किम जनता परिषद् पार्टीको स्थापना गर्नुभएको थियो।

सो पार्टीले सन् १९७९ राज्य विधानसभाको चुनावमा बहुमत प्राप्त गरेपछि नेता भण्डारीले सोही वर्षको अक्टोबर १८ मा मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो।

भाषण (वाक) कलामा दक्ष भण्डारीको व्यक्तित्व भारतमा मात्र सीमित छैन। विकासप्रेमी नेताकारूपमा परिचित उहाँको नेतृत्वकालमा सिक्किममा ग्रामीण विद्युतीकरण, सडक, पुर अन्य पूर्वाधारले गति लिएको थियो। त्यस्तै अहिलेको प्रसिद्ध सिक्किम मणिपाविश्वविद्यालयसहित अन्य शैक्षिक र स्वास्थ्य संस्था स्थापना भएको थियो।

सिक्किम र आसपासका आदिवासी जनजातिमाझसमेत उत्तिकै लोकप्रिय भण्डारीले नेपाली साहित्यको संस्थागत विकासमासमेत विशेष पहगर्नुभएको स्मरण गरिन्छ। सिक्किम र अन्यत्र नेपाली साहित्यको उत्थानमा महत्वपूर्ण योगदान गरेवापत उहाँलाई मदन पुरस्कार गुठीले २०४७ सालको जगदम्बाश्री पुरस्कार प्रदान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्