प्रचण्डका मन्त्री छोड्दै छोड्दैनन् क्वार्टर



 

मधुसूदन रायमाझी, काठमाडौं
गत जेठ २३ गते शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएपछि पुष्पकमदाहॉप्रचण्ड’ नेतृत्वका मन्त्रीहरूले मन्त्री क्वार्टर छोडे पनि पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले भने अझै मन्त्री क्वार्टर छोडनुभएको छैन। मन्त्रीबाट हटेपछि उहाँ बस्नुभएको ‘भी फाइब’ को क्वार्टरमा सामान राख्नुका साथै साँचोसमेत आफैं लिएर हिँड्ने गर्नुभएको छ। नेपाफोरम लोकतान्त्रिकका उपाध्यक्षसमेत रहनुभएका देवले पुनः मन्त्री हुने आशा राख्दै मन्त्री क्वार्टरबाट आफ्नो सामान सार्नुभएको छैन।

मन्त्री हटेको दुई⁄तीन दिनभित्र नै आफ्नो सामान सारेर क्वार्टरको साँचो बुझाउनुपर्ने भए पनि मन्त्रीबाट हटेको ४० दिन बितिसक्दा समेत पूर्वपर्यटनमन्त्री देवले मन्त्री क्वार्टर छोडनुभएको छैन। मन्त्रीबाट हटेको झन्डै २० दिन मन्त्री क्वार्टरमा बस्नुभएका देवले अहिले पनि सामान मात्र राखेर साँचो लिएर हिँड्नुभएको मन्त्री क्वार्टर स्रोतले बतायो। मन्त्री क्वार्टरका एक कर्मचारीले भने– ‘सरकार परिवर्तन भएपछि सबै मन्त्रीहरू एक⁄दुई दिनमा नै सर्ने प्रचलन छ, तर खोई पूर्वपर्यटनमन्त्री देवले ४० दिन बितिसक्दा समेत खोई किन हो क्वार्टर छोडनुभएको छैन।’

देउवा नेतृत्वको सरकारमा नेपालोकतान्त्रिक फोरमबाट अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ। तर पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको बारेमा अहिलेसम्म टुंगो लाग्न सकेको छैन। देवले पुनः मन्त्री हुने विश्वासको साथ मन्त्री क्वार्टरबाट सामान नसारेको बताइएको छ। स्रोतले भन्यो– ‘पुनः मन्त्री हुने भएकाले पनि सामान नसारेको हुन सक्छ, ४० दिन बितिसक्दा समेत मन्त्रिमण्डविस्तार नहुँदा देव पनि हैरानीमा पर्नुभएको छ।’ मन्त्री क्वार्टरबाट सामान नसारेको विषयमा पूर्वमन्त्री देवसँग बुझ्न खोज्दा उहाँले आफू बैठकमा भएकाले कुरा गर्न नमिल्ने नेपासमाचारपत्रलाई बताउनुभयो।

हाललितपुरस्थित पुल्चोकमा रहेको मन्त्री क्वार्टरमा उपसभामुखसहित छ जना मन्त्रीहरू बस्दै आउनुभएको छ। पुल्चोकमा १९ वटा मन्त्री क्वार्टर रहेको छ। मन्त्री क्वार्टरको मर्मतसम्भार व्यवस्थापनको काम शहरी विकास तथा भवन सम्भार डिभिजन कार्यालयले गर्दै आएको छ। डिभिजन कार्यालयका एक कर्मचारीले भने– ‘ताल्चा लगाएर हिँड्नुभएको छ, साँचो मागौंला भोमिन्त्री भएर आउनु होला, स्वविवेकले छोड्नुपर्ने हो, तर अहिलेसम्म छोड्नुभएको छैन।’ उनका अनुसार मन्त्रिमण्डविस्तार भएर मन्त्रीहरू आउँदा ठाउँ अभाव भएको अवस्थामा उहाँसँग साँचो मागेर बिदा गर्नुपर्ने अवस्था आउँछ। मन्त्री हटेको कति दिनपछि क्वार्टर छोड्ने भन्ने नियम नहुँदा पनि अन्योलता भएको बताउँदै ती कर्मचारीले पूर्वमन्त्रीलाई हट र बस भन्न नमिल्ने बताए।

हरेक सरकार परिवर्तन भएपिच्छे नै मन्त्री क्वार्टरमा बोझ थपिने गरेको छ। अधिकांश मन्त्रीहरूले सामान फेर्न लगाउने गरेको कारण पनि आर्थिक भार थपिने गरेको हो। मन्त्री क्वार्टरका एक कर्मचारीले भने– ‘कोही मन्त्री एक महिना त बस्ने हो फेर्नुपर्दैन भन्छन्, कोही मन्त्रीको माग धेरै हुन्छ।’ शहरी विकास तथा भवन मर्मत सम्भार डिभिजनले पनि सरकार परिवर्तन भएलगत्तै आउने नयाँ मन्त्रीहरू बस्ने क्वार्टरमा मर्मतसम्भार गर्ने काम गर्दै आएको छ।

नेपालोकतान्त्रिक फोरमका प्रमुख सचेतक योगेन्द्र चौधरीले पार्टीबाट सरकारमा सहभागी हुने व्यक्ति र मन्त्रालयको टुंगो नलागेको बताउनुभयो। उहाँले नेपासमाचारपत्रसँग भन्नुभयो– ‘एउटै निर्णय सधैंका लागि हुँदैन, पार्टीबाट कसलाई मन्त्री बनाउने भन्ने विषयमा कुनै पनि छलफभएको छैन।’

पटक–पटक दोहोर्याएर मन्त्री बन्ने चलन छ तर पार्टीले अहिलेसम्म कुनै पनि औपचारिक निर्णय लिएको छैन, प्रमुख सचेतक चौधरीले भन्नुभयो भन्नुभयो। मन्त्री क्वार्टर नछोडनुका कारण पनि आफूलाई थाहा नभएको उहाँले बताउनुभयो। नेपालोकतान्त्रिक फोरमले ४ वटा मन्त्रालय पाउनुपर्ने माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्