ईश्वरराज ढकाल, काठमाडौं
‘राणाकालीन दरबार भत्काएर नयाँ भवन बनाउन आजकएउटा गिरोह नै सक्रिय रहेको पाइएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरकारको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलाई वर्षात्बाट जोगाउन बल्प्लास्टिकले छोपेर जोगाएको छ। तर अन्य दरबारको विषयमा कुनै चासो देखाएको छैन।

पुरातात्त्विक महत्त्वका झन्डै तीन दर्जन दरबार जोगाउने विषयमा सरकार उदासिन देखिएको छ। भूकम्पले ध्वस्त भएका राणाकालीन दरबारहरू वर्षात्मा जोगाउन होइन भत्काउने नियतले अघि काम भइरहेका छन्’, पुरातत्त्वविद् भीम नेपाभन्नुहुन्छ– ‘सरकार दरबारहरू जोगाउन होइन बिगार्न सक्रिय देखिएको छ। हामीले पटकपटक भन्यौं नेपालको सानका रूपमा रहेका यस्ता राणाकालीन दरबार बचाउनुपर्छ, भत्काउनु हुँदैन। तर सरकारको एउटा गिरोह राणाकालीन धरोहर पुराना दरबार भत्काएर नयाँ संरचना बनाउन खोजिरहेको छ।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्वयं राणाकालीन दरबार जोगाउने पक्षमा देखिएको छैन। दरबार संरक्षण अभियन्ता र पुरातत्त्वविद्को दबाबले सिंहदबारलाई मात्र वर्षात्बाट जोगाउन प्लास्टिकले छोपेको छ। त्यसलाई जोगाउन स्काफोल्डिङ गर्ने तयारी गरेको छ। ‘हामी सिंहदरबारलाई रेक्ट्रोफिट गरेर जस्ताको तस्तै बनाउनेछौं’ –राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता सहसचिव यमलाभुसालले नेपासमाचारपत्रसँग भन्नुभयो। तर अन्य दरबार जोगाउने विषयमा प्राधिकरणले कुनै चासो देखाएको छैन। भूकम्पले भत्किएका ती दरबारमध्ये केही भारत सरकारले पुनर्निर्माण गर्ने तयारी गरेको छ। उहाँका अनुसार हरिहर भवन, बबरमहर केशरमहभारत सरकारले पुनर्निर्माण गर्न नक्सा तयार गरिरहेको छ।

राणाकालीन दरबारहरूलाई रेक्ट्रोफिट गरेर जोगाउन सकिँदैन भन्ने प्रश्नमा प्राधिकरण भन्छ– ‘अहिले सिंहदरबार मात्रै पुनर्निर्माण गर्ने तयारी भएको छ।’ ‘सिंहदबारलाई प्लास्टिकले छोपेर जोगाउन सक्ने सरकारले अन्य दरबार बचाउन सक्दैन ?’ –राणाकालीन दरबार संरक्षणमा लागिपरेका अभियन्ता कनकमणि दीक्षितले भन्नुभयो।

उहाँले राष्ट्रपति कार्यालय रहेको शितनिवास रेक्ट्रोफिट गरी बस्न योग्य बनाएको सरकारले सबै दरबार रेक्ट्रोफिट गर्न सक्ने उहाँको दाबी थियो। उहाँ भन्नुहुन्छ– ‘बचाउन खोजे सबै राणाकालीन दरबार सजिलै रेक्ट्रोफिट गर्न सकिन्छ।’ सरकारले रातो स्टिकर लगाएको शितनिवासमा नेपाभ्रमणमा आउनुभएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई भव्य स्वागत गरेको स्मरण गराउँदै भन्नुहुन्छ– ‘बस्नै नहुने भनिएको दरबारमा राष्ट्रपति कार्यालय बसेको छ भने अन्य दरबारमा बस्न नसकिने भन्ने विषय नै हुँदैन।’ सबै दरबारलाई रेक्ट्रोफिट गरेर बस्न योग्य बनाउन तत्कापहगर्नुपर्ने बताउँदै वर्षात्बाट जोगाउन सबै दरबारलाई प्लास्टिकले छोप्नुपर्ने उहाँको भनाइ छ।

सरकारले राणाकालीन दरबार स्मारक हुन् भन्ने नबुझेका कारण सबै राणाकालीन दरबार भत्कने अवस्थामा रहेका छन्। कसले बुझाउने सरकारलाई ? बुझ्न नसक्ने सरकारलाई राणाकालीन दरबार बनाउन सबै पक्षले दबाब दिनुपर्ने पुरातत्त्वविद् नेपालको धारणा छ। विश्वका अन्य ऐतिहासिक दरबार भत्काएर पुनर्निर्माण गर्न सकिन्छ तर नेपालमा रहेका ऐतिहासिक राणाकालीन दरबार भत्काएर बनाउन सम्भव नै हँुदैन। यी दरबारलाई भत्काउनुभन्दा रेक्ट्रोफिट गरेर जोगाउन उपयुक्त हुने उहाँको भनाइ छ।

नेपालकै धरोहरका रूपमा रहेका दरबार बनाउने विषयमा सरकारलाई चासो छैन। पुरातात्त्विक महत्त्वका करिब दुई दर्जन दरबार भूकम्पले क्षतविक्षत बनाएको थियो। भूकम्पले भत्काएका अधिकांश दरबारमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि राष्ट्रको ढुकुटी नेपाराष्ट्र बैंक रहेका थिए। ती पुरातात्त्विक दरबारहरू पुनर्निर्माण गर्ने विषयमा सरकारले केही सोच्न सकेको छैन। अहिले ती दरबार दिनदिनै क्षीण बन्दै गएका छन्। सय वर्ष नाघेका अधिकांश दरबारहरू मास्न वा भत्काउन परे विभागको स्वीकृति हुनुपर्छ।

सबै निकायलाई नेपालको वास्तुकला जोगाउन दरबारहरूको उचाइ नघट्ने गरी, बाहिरी भागको स्वरुप नबिगारी जति क्षेत्रफखाछि त्यहीनै कायम हुने गरी मर्मत गरेर मिल्ने भए बस्न पुरातत्व विभागले सल्लाह दिएको थियो। सरकारले सिंहदरबार भत्काउने तयारी गरेको अवस्थामा विभागले सरोकारवालासँग सल्लाह गरी तत्कानभत्काउने र रेक्ट्रोफिट गर्ने निर्णय गरेको थियो।

राणा प्रधानमन्त्री चन्द्र शमशेरले इस्वी सम्बत १९०३ मा आफ्नो निजी निवासका रुपमा निर्माण गरेको सिंहदरबार निर्माण कार्य सुरू भएको एक वर्षभित्र नै पूरा भएको थियो।

२००७ सालमा राणा शासनको अन्त्य भएपछि सिंहदरबारमा नेपासरकारको कार्यालय राखियो। त्यतिबेला यो दरबारमा प्रधानमन्त्रीको कार्यालयदेखि लिएर सम्पूर्ण मन्त्रालयहरू थिए। २०३० सालमा सो दरबारमा आगलागी भएको थियो। भुकम्पअघि प्रधानमन्त्री कार्यालय रहेको सिंहदरबारको मुख्य भवनको छाना खसेको छ। वालहरू भत्किएका छन, भवन छियाछिया परेको छ। राणा प्रधानमन्त्री चन्द्र शमशेरले १७ वर्ष बसेको थापाथली दरबार(सिंह महल) समेत सरकारले भत्काउने तयारी गरिसकेको छ।

काठमाडौं महानगरपालिकाको मुख्यालय रहेको बाघदरबार पनि क्षतिग्रस्त भएको छ। तर कामपाले उक्त भवनमा अहिले अधिकांश कार्यालय सारिसकेको छ। पुरातत्व विभागले राणाकालीन दरबारमा जुन कार्यालय रहेको छ। ड्रइङ, डिजाईन निर्माण गरी स्विकृती लिएर मात्रै बनाउनुपर्ने व्यवस्था गरेको छ। भुकम्पले केशर शमशेरले निर्माण गरेका केशर महल, जंगबहादुरले बनाएका बबरमहल, हाराष्ट्रबैक थापाथली रहेको सिंहमहल( थापाथली दरबार) चन्द्र शमशेरको हरिहरभवन, चन्द्र शमशेरलेनै बनाएका पुल्चोकस्थित श्रीमहल, नेपाली सेनाको भैरवगण रहेको लक्ष्मी निवास, नारायणहिटी दरबार परिसरमा रहेको रणोद्धिपसिंहको दरबार, सिंहदरबारमा रहेको पुतली बगैंचा, राष्ट्रबैक मुख्यालय रहेको सीता भवन, महांकास्थित त्रिभुवनचन्द्र मिलिटरी अस्पताल, दरबार हाइस्कुलगायतका ऐतिहासिक दरबार क्षतिग्रस्त भएका छन्।

दरबार हाइस्कु्भने पूर्ण रुपमा ध्वस्त भएको छ। त्यस्तै उपराष्ट्रपति कार्यालय र निर्वाचन आयोग रहेको बहादुर भवन, नक्सालस्थित बालसंगठन रहेको बालमन्दिर (सीता महल), नेपाप्रशासनीक प्रतिष्ठान रहेको जावलाखेदरबार, इन्जिनियरिङ क्याम्पसको प्रशासन भवन रहेको आनन्द निवास, राष्ट्रपति भवन शितनिवास भुकम्पले क्षतिग्रस्त बनाएको थियो। नेपाली सेनाको स्वामित्वमा रहेको त्रिभुवनचन्द्र मिलिटरी अस्पतालमा नेपाली सेनाले बहुउद्देश्यीय भवन निर्माण गरिरहेको छ। पुरातत्व विभागको स्विकृती बेगरनै यो निर्माण भइरहेको बताइएको छ।

LEAVE A REPLY