चुडामणि शर्माविरुद्ध १० अर्ब २ करोड भ्रष्टचारको मुद्दा दायर



नेपाल समाचारपत्र, काठमाडौ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध १० अर्ब २ करोड भन्दा बढी भष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आइतबार विहान विशेष अदालतमा शर्मासँगै कर फ्छ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर गरेको छ ।

शर्मा अहिले पनि अख्तियारको हिरासतमा छन् । अन्य दुई जना भने फरार छन् ।

 

प्रतिक्रिया दिनुहोस्