संसदीय सुनुवाई समितिबाट प्रधान न्यायधीशमा गोपाल पराजुली सर्वसम्मत



नेपाल समाचारपत्र, काठमाडौं ।
संसदीय सुनुवाई विशेष समितिले न्यायाधीश गोपाल पराजुलीको नाम प्रधानन्यायाधीशका लागि सर्वसम्मतिलेअनुमोदन गरेको छ । संवैधानिक परिषद्ले पराजुलीको नाम प्रधानन्यायाधीशका लागि प्रस्तावित गरेको थियो ।

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेसँगै अब पराजुलीलाई राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ ग्रहण गराउने बाटो खुलेको छ। सपथ ग्रहणपछि पराजुलीले प्रधानन्याधीशका रुपम कार्यभार सम्हाल्नु हुने छ ।

सुनुवाइका क्रममा पराजुलीले सांसदहरुले उठाएका विभिन्न प्रश्नको जवाफ दिनुभएको थियो । न्यायिक बृतमा पराजुलीले मुद्दा छिटो वुझ्ने, न्यायसम्पादन निष्पक्ष गर्ने र निर्भिक स्वभावका न्यायाधीशका रुपमा चिनिदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्